images

२०८३ आश्विन २७ गते

images
images
images

खानेपानी शुद्धीकरण गर्न गमगढीमा मेसिन जडान

खानेपानी शुद्धीकरण गर्न गमगढीमा मेसिन जडान

images
images
बुधवार, भाद्र १२ २०८१
बुधवार, भाद्र १२ २०८१
  • मुगु – जिल्लाको सदरमुकाम गमगढी बजारको लागि वितरित खानेपानीमा शुद्ध गर्न पानी शुद्धीकरण मेसिन जडान गरिएको छ।

    images
    images

    पानीजन्य रोग न्युनिकरणका लागि खानेपानी ट्याङ्घीमा पानी शुद्धिकरण गर्ने क्लोरिननेशन सिस्टम मेसिन जडान गरिएको हो।

    युनिसेफ नेपालको आर्थिक सहयोगमा छायाँनाथ रारा नगरपालिकाको लागत साझेदारीमा सदरमुकाम गमगढी बजार र छायाँनाथ रारा नगरपालिका ४ भामवाडा गाउँको खानेपानि ट्याङ्घीमा पानी शुद्धिकरण गर्ने क्लोरिननेशन सिस्टम मेसीन जडान गरिएको छ।

    images
    images

    बर्खा सिजनमा पानि फोहोर हुन सक्ने र पानीजन्य रोगबाट बच्न पहिलो चरणमा तिन वटा ट्याङ्घीमा पानी शुद्धिकरण गर्ने क्लोरिननेशन सिस्टम मेसीन जडान गरिएको छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णु कुमार भामले बताएका छन्।

    उनका अनुसार यस पछि पनी युनिसेफ नेपालको आर्थिक सहयोगमा छायाँनाथ रारा नगरपालिकाको लागत साझेदारीमा अन्य गाउँमा निमार्णधिन खानेपानी धारामा पानी शुद्धिकरण गर्ने क्लोरिननेशन सिस्टम मेसीन जडान गरिनेछ।

    गमगढी र भामवाडा खानेपनी को लागि तिन वटा पानी शुद्धिकरण गर्ने क्लोरिननेशन सिस्टम मेसीन ७ लाख ८५ हजारमा खदिर गरी दश प्रकारका पानी शुद्धिकरण गर्ने सामाग्रीका साथ खानेपानिका ट्याङ्घीमा मेसीन जडान गरिएको बताइएको छ।

    बुधबार नगर प्रमुख बिष्णु कुमार भाम, नगर उप प्रमुख ऐश्वर्य मल्ल र गमगढी खानेपानि उपभोक्ता समितिका अध्यक्ष गोर्ख बहादुर मल्लले संयुक्तरुपमा पानी शुद्धिकरण गर्ने क्लोरिननेशन सिस्टम मेसिन जडानको अवलोकन गर्नुका साथै मेसीनको उद्धघाटन गरेका थिए।

    गमगढी खानेपानि उपभोक्ता समिती मार्फत वितरित खानेपानी उपभोग गर्ने उपभोक्ता गमगढी बजारमा करिव ४ सय २० घरधुरी रहेका छन भने भामवाडा गाउमा खानेपानि प्रयोग गर्ने उपभोक्ता २ सय २० घरधुरी छन्।

    नगरपालिकाले पानी शुद्धीकरण गर्ने मेसिन जडान गरेपनी गमगढीबासिले पर्याप्त मात्रामा कहिल्यै खानेपानी पिउन र प्रयोग गर्न पाएका छैनन। यहाँका उपभोक्ता खानेपानीको लोडसेडिङ्गको मारमा लामो समयदेखि पर्दै आएका छन्।

    देश संघियतामा गएदेखी गमगढि खानेपानीको स्रोत थप,लाइन विस्तार,ठुला क्षमताका रिजर्भवायर ट्याङ्ग्की निर्माणमा तिनै तहका सरकारले ध्यान नदिदा आथिक अभावमा गमगढी वजारमा खानेपानी समस्या बढदै गएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend