काठमाडौँ । संघीय संसद्का दुई समितिको बैठक आज बस्दैछ। निर्धारित कार्यसूची अनुसार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक निर्धारित गरिएको छ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) प्रतिवेदन अन्तर्गतको वातावरणीय व्यवस्थापन योजना (EMP) परिमार्जन गर्दा देखिएको समस्याका सम्बन्धमा वन तथा वातावरण मन्त्रालय सँग छलफल गरिनेछ।
यता, विधायन व्यवस्थापन समितिको बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल हुने कार्यसूची रहेको छ।




.gif)





