काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्ष पनि दशैंमा सुकिला नोट मात्रै साट्न भएको छ । एकपटक बजारमा गएर बैंकिङ प्रणालीमा फर्किएको पर्याप्त नोट प्रयोगमा नआउने र नयाँ नोट साट्ने गर्दा प्रयोगमा आएका सुकिला नोट बढ्दै गएपछि केन्द्रीय बैंकले सुकिला नोट ने साट्ने व्यवस्था मिलाउने भएको हो ।‘सर्वसाधारणलाई यस वर्षको दसैँमा नयाँ नोट नभएर सुकिला नोट नै सटही गर्न वयवस्था मिलाउँछौं,’ राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कर्याकारी निर्देशक रामु पौडेले क्लिकमान्डुसँग भने, ‘५ रुपैयाँ दरको नोट भने नयाँ नोट नै साट्न पाइनेछ ।’ सुकिला नोट दशैंमा मात्रै नभएर अघिपछि अहिले गएपनि साट्न पाइने कार्यकारी निर्देशक पौडेलले बताए ।
विगतमा दशैं तिहारमा साटेर एकपटक प्रयोगमा आई पुन बैंकहरुमा पर्किएको नोट पर्याप्त मात्रामा रहेकाले नोटलाई छानेर सुकिला नोट साट्ने व्यवस्था मिलाउने उनले बताए । अर्को सातासम्म राष्ट्र बैंकले सूचना निकालेर भदौ अन्तिममा वा असोज लागेसँगै नोट साट्ने व्यवस्था मिलाउने तयारी रहेको उनले बताए ।‘सर्वसाधारणले दशैंमा मात्रै नभएर जुनसुकै चाडवार्ड र अन्य समयमा पनि राष्ट्र बैंक तथा बैंकहरूबाट सुकिला नोट साट्न पाउँछन्’ कार्यकारी निर्देशक पौडेलले भने, ‘दशैंकै लागि भनेर प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ तोकेर नै नोट सटही गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले सूचना गर्छ । ५ रुपैयाँ दरका भने नयाँ नोट नै साट्न पाइन्छ ।’
राष्ट्र बैंकको थापाथलीस्थित बैंकिङ कार्यालयका साथै सातै प्रदेशका प्रादेशिक कार्यालय र वाणिज्य बैंकहरुबाट पनि सुकिला नोट साट्न पाउने व्यवस्था मिलाउने उनले बताए । बैंकहरुलाइ पनि सहज रुपमा नोट साट्न सक्नेगरी सुकिला नोट उपलब्ध गराउने भएकोले बैंकहरुबाट पनि सजिलै दशैंका लागि नोट साट्न सकिने उनले बताए ।राष्ट्र बैंकको प्रदेशस्थित कार्यालयका साथै नोट कोष सञ्चालनमा रहेका बैंकको विभिन्न जिल्लामा रहेका कार्यलयहरुबाट पनि सुकिला नोट सर्वसाधरणलाई उपलब्ध गराउन बैंकहरुले साट्न सक्ने व्यवस्था मिलाइने राष्ट्र बैंकले जनाएको छ ।




.gif)





