images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • दोहोरो अंकले घट्यो नेप्से, ८ अर्ब...

दोहोरो अंकले घट्यो नेप्से, ८ अर्ब ९ करोडको कारोबार

दोहोरो अंकले घट्यो नेप्से, ८ अर्ब ९ करोडको कारोबार

images
images
बिहिवार, भाद्र १२ २०८२
बिहिवार, भाद्र १२ २०८२
  • साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक राताम्य भएर बन्द भएको छ । अघिल्लो दिन अर्धशतक अंकले बढेको बजार आज ३८.१० अंकले घटेर २७८१ विन्दुमा पुगेको हो । आज सेयर बजार अघिल्लो दिनको भन्दा १.३५ अंकले घटेको हो । 

    images
    images

    त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ५.७४ अंकले घटेर ४७७.६८ विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १.१८ प्रतिशतले कम हो । आज सेयर बजारमा २२७ कम्पनीको सेयर मूल्य घटेको छ । भने २४ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । त्यस्तै आज सेयर बजारमा १३ उपसूचकमध्ये ११ वटाको सेयर मूल्य घटेको छ भने २ वटाको मात्रै बढेको छ । आज परिसूचक घटेपनि कारोबार रकम भने केही बढेको छ ।

    आज सेयर बजारमा ३२२ कम्पनीका १ करोड ७८ लाख ९१ हजार ९१७ कित्ता सेयर ७८ हजार ३७९ पटक खरिद बिक्री हुँदा ८ अर्ब ९ करोड ५६ लाख १० हजार ४४५ रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन सेयर बजारमा ७ अर्ब माथिको कारोबार भएको थियो । आज विकास हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend