images

२०८३ आश्विन १५ गते

images
images
images
  • समाचार
  • अन्नपूर्णचोक नजिक स्वयम्भूबाट नगदसहित जुवा तास...

अन्नपूर्णचोक नजिक स्वयम्भूबाट नगदसहित जुवा तास खेल्ने ९ जना पक्राउ

अन्नपूर्णचोक नजिक स्वयम्भूबाट नगदसहित जुवा तास खेल्ने ९ जना पक्राउ

images
images
बिहिवार, भाद्र १२ २०८२
बिहिवार, भाद्र १२ २०८२
  • काठमाडौं । भदौ १२, काठमाडौंमा जुवा तास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।

    images
    images

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहराका अनुसार, काठमाडौं महानगरपालिका–१५ स्थित अन्नपूर्ण चोक नजिक जुवा खेलाइरहेको सूचनाका आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनीहरूलाई रंगेहात पक्राउ गरेको हो।

    पक्राउ परेकाहरूबाट नगद रु २,२१,००० र १० बुक तास बरामद गरिएको छ।पक्राउ पर्नेमा काठमाडौं नागार्जुन नगरपालिका–२ का श्यामकृष्ण महर्जन (५२), ललितपुर महालक्ष्मी नगरपालिका–४ का पूर्णबहादुर थापा (५७), काठमाडौं महानगरपालिका–२६ का राजेश महर्जन (४६), गुल्मी सत्यवती गाउँपालिका–१ का प्रदीप पाण्डे (३७), काठमाडौं महानगरपालिका–१३ का अमर महर्जन (४९), काठमाडौं–३१ का गोपाल तण्डुकार (५४), रामेछाप शैलुङ दोरम्बा गाउँपालिका–७ का खेमबहादुर थापा (४८), काठमाडौं–२४ का सानुकाजी महर्जन (५०) र काठमाडौं–१८ का राजु नापित (४५) रहेका छन्।

    images
    images

    एसपी बोहराका अनुसार, पक्राउ परेका माथि थप अनुसन्धान भइरहेको छ र जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट उनीहरूलाई अनुसन्धानका लागि ५ दिनको म्याद थप गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend