images

२०८३ आश्विन १६ गते

images
images
images
  • विश्व
  • चीन भ्रमणमा जाँदै, प्रधानमन्त्री एसइओ शिखर...

चीन भ्रमणमा जाँदै, प्रधानमन्त्री एसइओ शिखर सम्मेलनमा सहभागी हुने (भिडियोे सहित)

चीन भ्रमणमा जाँदै, प्रधानमन्त्री एसइओ शिखर सम्मेलनमा सहभागी हुने (भिडियोे सहित)

images
images
बिहिवार, भाद्र १२ २०८२
बिहिवार, भाद्र १२ २०८२
  • काठमाडौं । भदौ १२, प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमणमा जाँदै छन्। प्रधानमन्त्री ओलीले साङ्घाई सहयोग संगठन (एसइओ) शिखर सम्मेलनमा सहभागी हुँदै नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने कार्यक्रम तय भएको छ।

    images
    images

    परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार प्रधानमन्त्री ओली भदौ १४ गते चीन प्रस्थान गर्नेछन्। भ्रमणको क्रममा उनी जापानी आक्रमण विरुद्धको प्रतिरोध युद्ध र विश्व फासीवाद विरोधी युद्धमा विजयको ८०औँ वार्षिकोत्सवका स्मृति कार्यक्रममा समेत सहभागी हुनेछन्।

    प्रधानमन्त्री ओलीले सेप्टेम्बर १ मा तिआन्जिनमा आयोजना हुने एसइओ शिखर सम्मेलनलाई सम्बोधन गर्नेछन्। सो अवसरमा उनले चीनका राष्ट्रपति सी चिनफिङ सँग भेटवार्ता गर्नुका साथै सम्मेलनमा सहभागी अन्य विश्व नेताहरू सँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ।

    images
    images

    सेप्टेम्बर २ मा ओलीले बेइजिङमा चीनका उपराष्ट्रपति हान झेङ सँग भेटवार्ता गर्नेछन्। सेप्टेम्बर ३ मा भने उनी बेइजिङमै हुने ऐतिहासिक स्मृति कार्यक्रममा सहभागी हुने छन्।

    प्रधानमन्त्री सँगै उनकी धर्मपत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा.युवराज खतिवडा, नेकपा (एमाले) का सांसद छविलाल विश्वकर्मा तथा अन्य उच्चस्तरीय सरकारी अधिकारीहरूको पनि भ्रमण टोलीमा सहभागिता रहनेछ।

    प्रधानमन्त्री ओली भदौ १८ गते स्वदेश फर्किने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

    (भिडियोे सहित)

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend