images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • बाघको आक्रमणबाट बारामा एक व्यक्तिको ज्यान...

बाघको आक्रमणबाट बारामा एक व्यक्तिको ज्यान गयो

बाघको आक्रमणबाट बारामा एक व्यक्तिको ज्यान गयो

images
images
बिहिवार, भाद्र १२ २०८२
बिहिवार, भाद्र १२ २०८२
  • काठमाडौँ । भदौ १२, बारामा बाघको आक्रमणमा परी एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगरपालिका–२२ स्थित २ नम्बर पुल निवासी ५५ वर्षीय कृष्णप्रसाद शर्मा रहेको जिल्ला प्रहरी कार्यालय बाराले पुष्टि गरेको छ।

    images
    images

    जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितका अनुसार आज बिहान करिब ७ः३० बजेतिर शर्मा स्कुटर लिएर आधाभार जङ्गलतर्फ घाँस काट्न गएका थिए। बिहान घर नफर्किए पछि परिवारजनले खोजी सुरु गरेका थिए।

    खोजतलासको क्रममा जङ्गलभित्र स्कुटर र काटिएको घाँस भेटिए पनि शर्मा फेला परेका थिएनन्। त्यसपछि आफन्तहरूले प्रहरीलाई जानकारी गराएका थिए।

    images
    images

    प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले खोजतलास गर्ने क्रममा घटनास्थल नजिकै चप्पल र रगतको दाग भेटिएको थियो। दिउँसो साढे १ः०० बजे तिर जङ्गलभित्र शर्माको टाउको नभएको शव फेला परेको प्रवक्ता पण्डितले जानकारी दिए। प्रारम्भिक अनुमान अनुसार बाघको आक्रमणका कारण उनको मृत्यु भएको हो।

    जिल्ला प्रहरी कार्यालय बाराले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend