images

२०८३ आश्विन १८ गते

images
images
images
  • अटो
  • होन्डाको दशैं योजना ‘चंगा उड्छ फरर,...

होन्डाको दशैं योजना ‘चंगा उड्छ फरर, होन्डा कारमा सरर’

होन्डाको दशैं योजना ‘चंगा उड्छ फरर, होन्डा कारमा सरर’

images
images
बुधवार, भाद्र ११ २०८२
बुधवार, भाद्र ११ २०८२
  • काठमाडौं । नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले हिन्दूहरूको महान् चाड दशैंको अवसर पारेर आफ्ना ग्राहकहरूका लागि आकर्षक योजना “चंगा उड्छ फरर, होन्डा कारमा सरर” सार्वजनिक गरेको छ।यो योजना मिति २०८२ भदौ ७ गतेदेखि २०८२ कार्तिक १४ गतेसम्म नेपाल अधिराज्यभरका सबै होन्डा शोरूमहरूमा लागू हुनेछ। यस योजनाको मुख्य उद्देश्य चाडपर्वको समयमा गाडी खरिद गर्न चाहने ग्राहकहरूलाई उत्कृष्ट मूल्य र सेवा प्रदान गर्नु रहेको छ।

    images
    images

    यस योजना अन्तर्गत ग्राहकहरूले होन्डा कारको खरिदमा विभिन्न आकर्षक सुविधाहरू प्राप्त गर्न सक्नेछन्। कम्पनीले रु. ४ लाख सम्मको आकर्षक नगद छुटको व्यवस्था गरेको छ। ग्राहकहरूले ५ वर्षको लागि निःशुल्क सर्भिसिङ, १ वर्षको निःशुल्क फुल इन्स्योरेन्स, र १ वर्षको लागि सडक करमा छुट जस्ता सुविधा पनि पाउनेछन्।पुराना गाडीसँग नयाँ होन्डा साट्न चाहने ग्राहकहरूका लागि रु. २५,००० बराबरको एक्सचेन्ज बोनसको पनि व्यवस्था गरिएको छ।

    यसबाहेक, ग्राहकहरूले हरेक गाडीको खरिदमा निःशुल्क एसेसरिज, २ वर्षको इन्जिन वारेन्टी, र एक पटकको लागि निःशुल्क रोडसाइड असिस्टेन्स जस्ता थप सुविधा पनि प्राप्त गर्नेछन्।यी सबै अफरहरूले ग्राहकहरूलाई होन्डा गाडीको स्वामित्व ग्रहण गर्दा पूर्ण मानसिक शान्ति र उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीले विश्वास लिएको छ। यो योजना होन्डाका लोकप्रिय मोडेलहरू जस्तै होन्डा सिटी, सिटी ईःएचईभी, एलिवेट, अमेज, र सिटी फिफ्थ जेनेरेसन लगायतका गाडीहरूमा उपलब्ध हुनेछ।

    images
    images

    स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. नेपालमा होन्डा ब्रान्डको सबैभन्दा विश्वसनीय नाम हो। विगत लामो समयदेखि नेपाली बजारमा उच्च गुणस्तरीय गाडी र उत्कृष्ट ग्राहक सेवा प्रदान गर्दै आएको यस कम्पनीले आफ्ना ग्राहकहरूको विश्वास जित्न सफल भएको छ।स्याकार ट्रेडिङ्गले आफ्ना ग्राहकहरूलाई सधैं नवीन र आकर्षक योजनाहरू प्रदान गर्दै आइरहेको छ र यो दशैं योजना पनि त्यसैको एक निरन्तरता हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend