images

२०८३ आश्विन १७ गते

images
images
images

वीरगञ्जमा हैजाका कारण दुई दिनका लागि विद्यालय बन्द,खटाइयो २६ वटा टोली

वीरगञ्जमा हैजाका कारण दुई दिनका लागि विद्यालय बन्द,खटाइयो २६ वटा टोली

images
images
सोमवार, भाद्र ९ २०८२
सोमवार, भाद्र ९ २०८२
  • मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्जमा हैजा संक्रमण फैलिएपछि नियन्त्रण र रोकथामका लागि संघ, प्रदेश र स्थानीय सरकारहरूले दतारुकता देखाएका छन् ।  जिल्ला स्वास्थ्य सङ्कट व्यवस्थापन समिति पर्साको बैठकमा हैजा सङ्क्रमण नियन्त्रण र रोकथामका लागि संयुक्त रूपमा काम गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकारका प्रतिनिधिहरूले प्रतिबद्धता व्यक्त गरेका छन्  । मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सत्रुघनप्रसाद सिंहले महामारीप्रति प्रदेश सरकार गम्भीर रहेको बताए । उनले सङ्घीय स्वास्थ्यमन्त्री प्रदीप पौडेलसँग निरन्तर समन्वय भइरहेको र प्रभावित क्षेत्रमा स्रोतसाधन र जनशक्तिको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

    images
    images

    ‘बिरामीको उपचारमा कुनै कमी हुन दिँदैनौँ । औषधि, उपकरण र जनशक्ति जे चाहिन्छ, मधेस सरकार उपलब्ध गराउन तयार छ’, मन्त्री सिंहले भने ।उनले नारायणी अस्पतालमा आवश्यक औषधि र स्वास्थ्य सामग्री उपलब्ध गराइसकिएको र चिकित्सकसहित झन्डै एक दर्जन स्वास्थ्यकर्मीको टोली वीरगञ्जम परिचालन गरिएको जानकारी पनि दिए । प्रदेश सरकारले नारायणी अस्पतालमा १० जना मेडिकल अफिसर, १० जना प्यारामेडिकल कर्मचारी र केही स्टाफ नर्स पठाएको छ । मन्त्रालयका सचिव डा. ओमप्रसाद अर्यालले आवश्यकताअनुसार, थप औषधि र जनशक्ति उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

    वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले सङ्क्रमण पुष्टि भएलगत्तै सम्पूर्ण सम्बन्धित निकाय परिचालन गरी महानगरपालिकाको टिम उपचार र रोकथाममा जुटेको बताए ।प्रभावित क्षेत्रका नालाहरूमा रहेका खानेपानीका पाइप व्यवस्थापनको काम आइतबारबाट नै सुरु भइसकेको उनले जानकारी दिए । सबैभन्दा बढी प्रभावित वडा नम्बर १२ बाट पाइप व्यवस्थापन सुरु गरिएको छ । हैजासम्बन्धी जनचेतना फैलाउन स्वास्थ्यकर्मी र वीरगञ्ज नर्सिङ क्याम्पसका विद्यार्थी समिलित विभिन्न २६ वटा टोली परिचालन गरिएको छ । कर्णका अनुसार, टोलीले घर–घरमा पुगेर सङ्क्रमणको अवस्था बुझ्ने, सम्भावित बिरामी पहिचान गर्ने, परामर्श दिने र सरसफाइसम्बन्धी सचेतना फैलाउने कामलाई तीव्रता दिएको छ ।

    images
    images

    हैजाको जोखिमलाई मध्यनजर गर्दै महानगरले दुई दिनका लागि विद्यालयहरूसमेत बन्द गरेको छ ।  हैजा नियन्त्रणका लागि मधेस प्रदेश सरकारले अस्पतालहरूलाई १७ प्रकारका औषधि र आवश्यक सामग्री उपलब्ध गराएको छ । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले सङ्क्रमण समुदाय स्तरमा फैलिएको भए पनि सबैको संयुक्त प्रयासमा एक–दुई दिनभित्र नियन्त्रणमा आउने विश्वास व्यक्त गरे । उनले सही सूचना, समयमै उपचार र स्रोत व्यवस्थापनमा तिनै तहका सरकारको समन्वय आवश्यक रहेको बताए । 

    जिल्ला स्वास्थ्य सङ्कट व्यवस्थापन समितिका सात निर्णय 

    जिल्ला स्वास्थ्य सङ्कट व्यवस्थापन समितिको बैठकले महामारी नियन्त्रणका लागि सात वटा निर्णय गरेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमन कार्कीले बताए । माइकिङ, घरदैलो र सचेतना अभियान सञ्चालन गर्ने, अस्पतालहरूमा बिरामीको उपचारलाई प्राथमिकता दिने, सङ्क्रमण बढेमा ‘डेडिकेटेड बेड’ छुट्याउने, स्वास्थ्यकर्मीको अत्यावश्यकबाहेकको बिदा स्वीकृत नगर्ने र औषधि, किट तथा पानी शुद्धीकरण सामग्रीको पर्याप्त व्यवस्था गर्न स्वास्थ्य कार्यालयले प्रदेश र सङ्घीय सरकारसँग समन्वय गर्ने समावेश छन् ।यसैगरी, सुरक्षा निकाय, स्थानीय तह, राजनीतिक दल, पेसागत सङ्घसंस्था, नेपाल रेडक्रस सोसाइटी, गैरसरकारी संस्था, मिडिया र दातृ संस्थाहरूसँग समन्वय गरी सचेतना अभियानलाई तीव्र बनाउने निर्णय भएको छ ।

    महामारीको समयमा स्वास्थ्य जनशक्ति अभाव हुन नदिन स्वास्थ्यकर्मीको बिदा नियन्त्रण गरिएको छ भने आवश्यक परेमा स्थानीय तहका स्वास्थ्यकर्मीलाई केन्द्रीकृत रूपमा खटाउने व्यवस्था गरिएको छ ।दूषित नाला र ढलको पानीबाट हैजा सङ्क्रमण फैलिएको बताइएको छ । सङ्क्रमणको स्रोत पत्ता लगाउन वीरगञ्ज महानगरपालिका र स्वास्थ्य कार्यालय पर्साले प्रभावित क्षेत्रका ११ स्थानबाट खानेपानीको नमुना सङ्कलन गरी काठमाडौंस्थित टेकुको स्वास्थ्य विज्ञान प्रयोगशालामा पठाएको छ । सङ्घीय सरकारको खानेपानी मन्त्रालयअन्तर्गतको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इन्जिनियर रामकुमार श्रेष्ठका अनुसार, वीरगञ्ज पुगेको प्राविधिक टोलीले खानेपानीको नमुना सङ्कलन र पानी शुद्धीकरणका लागि ‘पीयूष’ लगायतका सामग्री उपलब्ध गराएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरुवा रोग तथा महामारी नियन्त्रण महाशाखाबाट दुई विशेषज्ञ चिकित्सकको टोली पठाएको छ । टोलीले नारायणी अस्पताल र प्रभावित क्षेत्रहरूमा स्थलगत निरीक्षण गरिरहेको छ ।यसैबीच, मधेश प्रदेशका कार्यवाहक मुख्यमन्त्री एवं भौतिक तथा पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले सबैलाई सर्तक रहन अपिल गरेका छन् ।  (क्लोरा शून्य वन) नामको हैजाको संक्रमण फैलिएको पुष्टि भएको भन्दै कार्यवाहक मुख्यमन्त्री यादवले यस्तो आग्रह गरेका हुन् । हैजा संक्रमको संमेदनशिलतलाई ध्यानमा राख्दै स्वास्थ्यमन्त्रीसहितको टोली वीरगञ्जमा परिचालन भएको उनले बताएका छन् । प्रदेश सरकारको प्रादेशिक प्रयोगशालाले दूषित पानीका कारण हैजाको संक्रमण भएको प्रतिवेदन मधेश सरकारलाई बुझाएको उनले जानकारी दिए । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend