images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • ब्रोडवे इन्फोसिसलाई अन्तर्राष्ट्रिय डिजिटल प्रतिभा विकास...

ब्रोडवे इन्फोसिसलाई अन्तर्राष्ट्रिय डिजिटल प्रतिभा विकास पुरस्कार

ब्रोडवे इन्फोसिसलाई अन्तर्राष्ट्रिय डिजिटल प्रतिभा विकास पुरस्कार

images
images
आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ २०८२
  • काठमाडौँ । नेपालको अग्रणी कम्प्युटर तालिम संस्था ब्रोडवे इन्फोसिसले अन्तर्राष्ट्रिय डिजिटल प्रतिभा विकास पुरस्कार प्राप्त गरेको छ।ताइवानको ताइपेईमा आयोजित एक विशेष समारोहमा वर्ल्ड इन्नोभेशन, टेक्नोलोजी एन्ड सर्भिसेस एलायन्सले ब्रोडवे इन्फोसिसलाई उक्त पुरस्कार प्रदान गरेको हो।

    images
    images

    सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्दै डिजिटल प्रतिभालाई नवीनता र सीप विकासमा योगदान दिएको कारण ब्रोडवे इन्फोसिसलाई सम्मानित गरिएको क्यान महासङ्घका पूर्वअध्यक्ष रञ्जित पोदारले जानकारी दिनुभयो । उहाँका अनुसार, यो पुरस्कार १३ क्याटेगोरीमा आएका १३० उत्कृष्ट प्रस्तावहरू मध्येबाट छनोट गरी प्रदान गरिएको हो।

    ब्रोडवे इन्फोसिसका प्रबन्ध निर्देशक हरिकृष्ण अधिकारीले यो उपलब्धि नेपालको सूचना प्रविधि विकासमा कोसेढुङ्गा सावित भएको बताउनु भयो उहाँले भन्नुभयो, “हामीले प्रविधिको दुनियाँमा डिजिटल शिक्षा, सीप विकास र नवीनतालाई प्राथमिकता दिँदै विश्वस्तरको दक्ष जनशक्ति उत्पादनमा निरन्तर काम गर्दै आएका छौँ।”उहाँका अनुसार उच्च गुणस्तरीय, उद्योग–अनुकुल सूचना प्रविधि शिक्षाको विकास, डिजिटल सीप अभिवृद्धि र नेपाल बाहिर डिजिटल जनशक्तिको प्रभावकारी व्यवस्थापन गर्दै आगामी पुस्तालाई निरन्तर पोषण गर्ने प्रतिबद्धता ब्रोडवे इन्फोसिसको रहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend