काठमाडौँ । साउन ७, बिरगञ्ज, काठमाडौँस्थित सिप्रदी ट्रेडिङ प्रा लि , जो टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक हो, ले प्राइम अटो ट्रेडर्सको सहकार्यमा आजदेखि बिरगञ्जमा टाटा ईभी अटो शो सुरु गरेको छ।
अगस्ट २२ देखि २४ सम्म होटल विशुवा, बाइपास रोडमा सञ्चालन हुने यो अटो शो बिहान १०ः०० बजेदेखि बेलुका ६ः०० बजेसम्म सर्वसाधारणका लागि खुला रहनेछ।
अटो शोमा टाटा मोटर्सका नवीनतम विद्युतीय मोडलहरू – Curvv.ev, Nexon K3.ev, Punch.ev र Tiago.ev – प्रदर्शनीमा राखिएका छन्। साथै, ग्राहकहरूका लागि विभिन्न आकर्षक अफरहरू पनि प्रस्तुत गरिएको छ, जसमा:
-
फ्री लाइफटाइम डीसी फास्ट चार्जिङ
-
आकर्षक छुटहरू
-
उच्चतम एक्सचेन्ज भ्यालुएसन
-
३ वर्षसम्म निःशुल्क सर्भिसिङ
-
निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स
-
निःशुल्क एसेसोरिज
-
निःशुल्क वार्षिक सवारी कर
-
निःशुल्क होम चार्जिङ इन्स्टलेसन
-
निःशुल्क एम्बोस्ड नम्बर प्लेट जस्ता सुविधाहरू समावेश छन्।
प्रदर्शनीलाई अझ रमाइलो बनाउने उद्देश्यले कार्यक्रम स्थलमा फूड स्टल, फन गेम्स र मनोरञ्जनात्मक कार्यक्रमहरू समेतको व्यवस्था गरिएको छ। यसले अटो शोलाई केवल कार प्रदर्शनी मात्र नभई परिवार मैत्री उत्सवको रूपमा समेत प्रस्तुत गरेको आयोजकहरू बताउँछन्।
प्राइम अटो ट्रेडर्स र सिप्रदी ट्रेडिङका अनुसार, अटो शोले बिरगञ्ज तथा आसपासका ग्राहकहरूलाई टाटा ईभी मोडलहरूको प्रत्यक्ष अनुभव दिने र विद्युतीय सवारीबारे जानकारी लिन उत्कृष्ट अवसर प्रदान गर्नेछ।




.gif)





