images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • बेलायत पठाउने भन्दै ठगी गर्ने बसन्त...

बेलायत पठाउने भन्दै ठगी गर्ने बसन्त कार्की पक्राउ

बेलायत पठाउने भन्दै ठगी गर्ने बसन्त कार्की पक्राउ

images
images
शनिवार, भाद्र ७ २०८२
शनिवार, भाद्र ७ २०८२
  • काठमाडौँ । भदौ ७, वैदेशिक रोजगारीका लागि बेलायत (युके) पठाउने भन्दै आठ जनाबाट रु ४३ लाख ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।

    images
    images

    पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–१४ स्थायी घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–२ मा बसोबास गर्दै आएका २९ वर्षीय बसन्त कार्की रहेका छन्। कार्कीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी आज सार्वजनिक गरेको हो।

    प्रहरीका अनुसार कार्की “शिक्षा खोज नेपाल” नामक संस्था सञ्चालन गर्दै आएका थिए, जसको कार्यालय नयाँ बानेश्वर, काठमाडौँमा रहेको छ। उनले बेलायत रोजगारीका लागि प्रक्रिया मिलाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम असुलेको खुलेको छ।

    images
    images

    प्रहरी उपरीक्षक तथा कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यले दिएको जानकारी अनुसार, कार्की विरुद्ध ठगी सम्बन्धी उजुरी परेपछि अनुसन्धान थालिएको थियो। प्रारम्भिक अनुसन्धानमा कार्कीले झुटो प्रलोभन देखाई रकम लिएको प्रमाण भेटिएको जनाइएको छ।

    निजलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचलमा बुझाइएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend