काठमाडौं । भदौ ६, मूल्य मात्र होइन, गुणस्तर पनि हेर्नुहोस् भन्ने नाराका साथ महर्जन मेटल इण्डष्ट्रिजले नेपाली बजारमा उच्च गुणस्तरको सोलार वाटर हिटर प्रस्तुत गरेको छ। कम्पनीका अनुसार आफ्ना उत्पादनहरूमा प्रयोग गरिएको VERMIN PROOF FIBER WOOL इन्सुलेसन प्रविधिले लामो समयसम्म पानी तातो राख्न मद्दत गर्नेछ।
उच्च इन्सुलेसन क्षमताका कारण, महर्जन मेटल इण्डष्ट्रिजको सोलार वाटर हिटरले अन्य प्रतिस्पर्धी ब्रान्डको तुलनामा जाडो मौसममा पनि धेरै बेरसम्म तातो पानी उपलब्ध गराउने क्षमता राख्ने कम्पनीको दाबी छ।
कम्पनीका प्रवक्ताले भने, “हामी ग्राहकलाई दीर्घकालीन समाधान दिन चाहन्छौं। गुणस्तर, टिकाउपन र सेवा हाम्रो प्राथमिकता हो।”
महर्जन मेटल इण्डष्ट्रिजको उत्पादनले गुणस्तरीय निर्माण, भरपर्दो सेवा र टिकाउपनका कारण नेपाली उपभोक्ता बीच लोकप्रियता हासिल गरिरहेको छ। दीर्घकालीन प्रयोगका लागि यो सोलार वाटर हिटर उपयुक्त विकल्प हुनसक्ने विश्वास कम्पनीले लिएको छ।




.gif)





