images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • सहकारी ठगीमा उच्चबाट दोषी ठहर टोखाका...

सहकारी ठगीमा उच्चबाट दोषी ठहर टोखाका मेयरलाई सर्वोच्चको सफाइ

सहकारी ठगीमा उच्चबाट दोषी ठहर टोखाका मेयरलाई सर्वोच्चको सफाइ

images
images
शुक्रवार, भाद्र ६ २०८२
शुक्रवार, भाद्र ६ २०८२
  • काठमाडौं । सहकारीमार्फत ठगी गरेको आरोपमा मुद्दा खेपिरहेका काठमाडौंको टोखा नगरपालिकाका मेयर तथा एमाले नेता प्रकाश अधिकारीलाई सर्वोच्च अदालतले सफाइ दिएको छ।न्यायाधीशद्वय कुमार रेग्मी र बालकृष्ण ढकालको इजलासले नाङ्लो दीप सेभिङ एन्ड को-अपरेटिभ प्रालिमार्फत एक करोड ८३ लाख रुपैयाँ ठगी गरेको अभियोगमा दायर मुद्दामा अधिकारीलाई सफाइ दिएको हो।

    images
    images

    अधिकारी नाङ्लो दीप सहकारीका सञ्चालक तथा उपाध्यक्ष रहँदा २०२ जना निक्षेपकर्ताको एक करोड ८३ लाख रुपैयाँ हिनामिना गरेको आरोप लागेको थियो।पीडितहरूले पटक-पटक रकम माग्दा नपाएपछि २०७१ सालमै प्रहरीमा जाहेरी दिएका थिए। त्यसपछि अनुसन्धानपछि जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो।

    २०७३ चैतमा जिल्ला अदालतले अधिकारीलाई सफाइ दिएपछि भएको पुनरावेदनमा उच्च अदालत पाटनले उल्ट्याउँदै २०७५ फागुन १९ मा अधिकारीलाई १८ लाख ३१ हजार जरिवाना र एक महिना कैदको सजाय सुनाएको थियो।अन्य प्रतिवादीहरू धनमाया श्रेष्ठ, मिलन कार्की, सीतामाया थापा, यनुका बुढाथोकी, दीपक वाग्ले, प्रतिमा सिटौला, झुनु शाह र देउमाया लिम्बूलाई समेत जनही एक महिना कैद र जरिवाना तोकिएको थियो।उच्च अदालतको फैसलापछि अधिकारीसहितका प्रतिवादीहरूले २०७६ सालमा सर्वोच्चमा पुनरावेदन गरेका थिए। सरकारले समेत पुनरावेदन गरेको थियो। सर्वोच्चले अधिकारी र यनुका बुढाथोकीको हकमा उच्चको फैसला उल्ट्याउँदै सफाइ दिएको हो।

    images
    images

    मुद्दाका प्रतिवादीमध्ये सहकारी सञ्चालक सुवासचन्द्र बिसीको शव मुड्खु जंगलमा भेटिएको थियो। त्यसपछि उनकी पत्नी धनमाया श्रेष्ठलाई प्रतिवादी बनाइएको थियो।​​​​​​​ सर्वोच्चले मृतकको हकमा कैद मिनाहा भए पनि बिगो तिर्नुपर्ने आदेश गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend