images

२०८३ आश्विन १५ गते

images
images
images
  • पूर्वाधार
  • कालीगण्डकी करिडोर पहिरोले सडक पूर्ण रूपमा...

कालीगण्डकी करिडोर पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध

कालीगण्डकी करिडोर पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध

images
images
शुक्रवार, भाद्र ६ २०८२
शुक्रवार, भाद्र ६ २०८२
  • काठमाडौँ । गुल्मीको राक्से क्षेत्रमा गएको पहिरोका कारण कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ। लगातारको वर्षापछि खसेको ठूलो पहिरोले सडक बिचैमा थुनिँदा सवारी आवागमन ठप्प भएको हो।

    images
    images

    जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले दिएको जानकारी अनुसार, बाटो खुलाउन तत्कालै पुर्तिघाटस्थित प्रहरी चौकीबाट प्रहरी टोली खटाइएको छ। पहिरो पन्छाउन डोजर लगायतका उपकरण परिचालन गरिएको छ।

    सडक अवरुद्ध हुँदा पर्वत, बागलुङ, रिडी हुँदै पाल्पा तथा बुटवल जान लागेका यात्रुहरू बीच बाटोमै रोकिएका छन्। पहिरोको मात्रा धेरै भएकाले सडक खुलाउन केही समय लाग्न सक्ने अनुमान गरिएको छ।

    images
    images

    स्थानीय प्रशासनले यात्रुहरूलाई सुरक्षित स्थानमा बस्न अनुरोध गरेको छ भने पहिरोको जोखिम रहेका क्षेत्रहरूमा सर्तकता अपनाउन आग्रह गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend