images

२०८३ आश्विन १८ गते

images
images
images
  • स्वास्थ्य
  • सरकारले सुरु गर्‍यो ‘स्वर्णबिन्दु प्राशन’ राष्ट्रिय...

सरकारले सुरु गर्‍यो ‘स्वर्णबिन्दु प्राशन’ राष्ट्रिय कार्यक्रम, कुन कुन स्वास्थ्य संस्थामा सञ्चालन हुन्छ ?

सरकारले सुरु गर्‍यो ‘स्वर्णबिन्दु प्राशन’ राष्ट्रिय कार्यक्रम, कुन कुन स्वास्थ्य संस्थामा सञ्चालन हुन्छ ?

images
images
बुधवार, भाद्र ४ २०८२
बुधवार, भाद्र ४ २०८२
  • काठमाडौँ । सरकारले बालबालिकाको सर्वाङ्गीण विकास र रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयुर्वेदिक ‘स्वर्णबिन्दु प्राशन’ लाई राष्ट्रिय कार्यक्रमको रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट ‘स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन निर्देशिका’ स्वीकृत गरेसँगै यो कार्यक्रमले राष्ट्रिय मान्यता पाएको हो ।

    images
    images

    आयुर्वेदको प्राचीन ग्रन्थ ‘काश्यप संहिता’ मा वर्णन गरिएको यो विधि बालबालिकाको स्वास्थ्य संरक्षण, प्रवर्द्धन र उपचारका लागि महत्त्वपूर्ण मानिन्छ । स्वर्ण भस्मलाई घ्यू र महमा मिसाएर तयार पारिएको लेह (पेस्ट) बालबालिकालाई खुवाउने विधिलाई स्वर्णबिन्दु प्राशन भनिन्छ । यसले बालबालिकाको शारीरिक तथा मानसिक विकासलाई तीव्र बनाउनुका साथै रोगसँग लड्ने क्षमता बढाउन मद्दत पुर्‍याउने विश्वास गरिन्छ ।मन्त्रालयद्वारा जारी निर्देशिकाको मुख्य उद्देश्य परम्परागत आयुर्वेदिक पद्धतिलाई आधुनिक सुरक्षा र गुणस्तरको मापदण्डअनुसार संरक्षण गर्दै सुरक्षित र प्रभावकारी रूपमा बालबालिकासम्म पुर्‍याउनु हो ।  

    यो कार्यक्रम पहिलो चरणमा देशभरका २१ वटा तोकिएका आयुर्वेद स्वास्थ्य केन्द्र, आयुर्वेदिक अस्पताल तथा शिक्षण अस्पतालहरूमा   कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरूलाई हरेक महिना ‘पुष्य नक्षत्र’ परेको दिनमा आयुर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा तोकिएको मात्रामा स्वर्णबिन्दु प्राशन खुवाइनेछ ।  ज्वरो, अजीर्ण, झाडापखाला, आउँ, रुघाखोकी जस्ता स्वास्थ्य समस्या भएका बालबालिकाहरूलाई भने यस कार्यक्रममा सहभागी नगराइने मन्त्रालयले जनाएको छ । 

    images
    images

    पहिलो चरणमा कार्यक्रम सञ्चालन हुने स्वास्थ्य संस्थाहरू 

    कोशी प्रदेश:

    –प्रादेशिक आयुर्वेद चिकित्सालय, लखनपुर, झापा

    –जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मोरङ

    मधेस प्रदेश

    –प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, पर्सा

    –प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, धनुषा

    –प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, सर्लाही

    बागमती प्रदेश

    –त्रि.वि. आयुर्वेद शिक्षण अस्पताल, कीर्तिपुर

    –आयुर्वेद चिकित्सालय, नरदेवी

    –राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र, बुढानीलकण्ठ

    –आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, काठमाडौँ

    –आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, ललितपुर

    –आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, भक्तपुर

    –आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, चितवन

    –आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, नुवाकोट

    –आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मकवानपुर

    गण्डकी प्रदेश

    –गण्डकी आयुर्वेद अस्पताल, पोखरा

    –धौलागिरि आयुर्वेद अस्पताल, बागलुङ

    –प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, तनहुँ

    लुम्बिनी प्रदेश

    –प्रादेशिक आयुर्वेद चिकित्सालय, बिजौरी, दाङ

    –लुम्बिनी आयुर्वेद चिकित्सालय, बुटवल

    –राप्ती आयुर्वेद चिकित्सालय, दाङ

    –बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्र, गुलरिया

    कर्णाली प्रदेश

    –प्रादेशिक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र, सुर्खेत

    –आयुर्वेद स्वास्थ्य केन्द्र, दैलेख

    –आयुर्वेद स्वास्थ्य केन्द्र, जुम्ला

    सुदूरपश्चिम प्रदेश

    –प्रादेशिक आयुर्वेद चिकित्सालय, धनगढी

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend