images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • मुक्तिनाथ क्यापिटलले विभिन्न ४ लाख भन्दा...

मुक्तिनाथ क्यापिटलले विभिन्न ४ लाख भन्दा बढी कित्ता संस्थापक समूहका सेयर बिक्री गर्दै

मुक्तिनाथ क्यापिटलले विभिन्न ४ लाख भन्दा बढी कित्ता संस्थापक समूहका सेयर बिक्री गर्दै

images
images
बुधवार, भाद्र ४ २०८२
बुधवार, भाद्र ४ २०८२
  • मुक्तिनाथ क्यापिटल लिमिटेडले विभिन्न लघुवित्त वित्तीय संस्था र वाणिज्य बैंकका संस्थापक समूहका गरि जम्मा ४ लाख ४ सय ४ कित्ता सेयरहरु शिलबन्दी बोलपत्र प्रक्रिया मार्फत बिक्री आहवान गरेको छ । जसमा मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका १ लाख ७२ हजार ३ सय ७२ कित्ताको न्यूनतम मूल्य ३ सय र न्यूनतम आवेदन ५ हजार कित्ता, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका ८४ हजार ६५ कित्ताको न्यूनतम मूल्य ३७५ र न्यूनतम आवेदन ५ हजार कित्ता, कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका ७ हजार ९ सय ६८ कित्ताको न्यूनतम मूल्य ३ सय ३० र न्यूनतम आवेदन १ हजार कित्ता तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका १ हजार ३१५ कित्ताको न्यूनतम मूल्य १ सय र न्यूनतम आवेदन १ हजार ३१५ कित्ता सेयरहरु बिक्रीमा राखिएका छन् ।

    images
    images

    इच्छुक योग्य व्यक्ति, कम्पनी तथा संघ–संस्थाले तोकिएको शर्तका अधीनमा रही शिलबन्दी फाराम १ सय तिरेर मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंबाट प्राप्त गरी मिति २०८२ साल भाद्र २४ गते अपरान्ह ३ बजेभित्र बुझाउनु पर्नेछ । प्राप्त बोलपत्रहरु मिति २०८२ साल भाद्र २५ गते बिहान ११ बजे कार्यालयमा खोलिनेछ । यस शिलबन्दी बोलपत्र प्रक्रियामा साविकका संस्थापक सेयरधनीहरुलाई पहिलो प्राथमिकता दिइनेछ र बाँकी रहेका सेयरहरु उच्चतम दरकदर अंकित गर्ने योग्य बोलपत्र दाताहरुलाई बिक्री गरिनेछ । मुख्तिनाथ क्यापिटल लिमिटेडले सम्पूर्ण प्रक्रिया नेपाल राष्ट्र बैंकको प्रचलित नियमावली अनुसार गर्ने छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend