काठमाडौं, २०८२ भदौ ४ (बुधबार) संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे संसद भवन, नयाँबानेश्वरमा बस्दैछ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ।
त्यसैगरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर साह सुडीले बालबालिका सम्बन्धी ९पहिलो संशोधन० विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव संसदमा पेस गर्ने कार्यक्रम रहेको छ।
मन्त्री सुडीले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि पेश गर्नेछन्।




.gif)





