इस्लामाबाद । पाकिस्तान प्रशासित कश्मीरमा अत्यधिक वर्षाका कारण सोमबार ६ जनाको मृत्यु भएको छ । एक महिला बेपत्ता रहेको बताइएको छ । विपद् व्यवस्थापन प्राधिकरणका अनुसार वर्षाले आठ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । ४६ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । वर्षाकै कारण यस क्षेत्रका शैक्षिक संस्थाहरू अगस्ट २३ सम्म बन्द गरिएको छ ।
जानकारीका अनुसार पुछ विश्वविद्यालयका व्याख्याता डा. गुल लाला कारसहित तरार नालीको बाढीको पानीमा बगिन् । उद्धार टोलीले करिब एक घण्टाको प्रयासपछि उनको शव नालीबाट निकालेको थियो ।
प्राधिकरणको रिपोर्टका अनुसार रावलकोटमा बाढीका कारण सात घर पूर्ण रूपमा र २२ घर आंशिक रूपमा प्रभावित भएका छन् । निलम जिल्लामा भारी वर्षासँग सम्बन्धित सडक दुर्घटनामा चार जनाको मृत्यु भएको छ र एक जना घाइते भएको खबर आएको छ । भिम्बर जिल्लामा पनि वर्षाका कारण धेरै घरहरू प्रभावित भएका छन् ।




.gif)





