images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • जस्मिन पेन्ट्स किन्दा जापान घुम्न पाउने...

जस्मिन पेन्ट्स किन्दा जापान घुम्न पाउने अवसर

जस्मिन पेन्ट्स किन्दा जापान घुम्न पाउने अवसर

images
images
सोमवार, भाद्र २ २०८२
सोमवार, भाद्र २ २०८२
  • जस्मिन पेन्ट्सले बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि ‘चाडपर्वको उमंग, जापान घुमौं जस्मिन पेन्ट्ससँग’ ग्राहक उपहार योजना–२०८२ संचालनमा ल्याएको छ।आउँदै गरेका चाडपर्वहरूमा थप उमंग र खुशी प्रदान गर्ने उद्देश्यका साथ यही भदौ १ गतेदेखि आगामी कार्तिक ३० गते सम्मका लागि ग्राहक लक्षित उक्त योजना लागु गरेको हो। 

    images
    images

    यस योजनामा सहभागी हुन ग्राहकहरूले नजिकैको डिलरहरूबाट कम्तिमा ७५ हजार रुपैयाँ बराबरको जस्मिन पेन्ट्सको उत्पादनहरूको खरिदमा एक लक्की–ड्र कुपन प्राप्त गर्न सक्नेछन्। सोही लक्की–ड्र मार्फत बिभिन्न उपहारहरु प्राप्त गर्न सकिनेछ। यस  उपहार योजना मार्फत एक हजार ८२ जना ग्राहकहरूले विभिन्न उपहारहरु प्राप्त गर्न सक्नेछन्। 

    जस अन्तर्गत एक जनालाई बम्परमा जापान घुम्न पाउने अवसर छ। त्यस्तै, ७५ जनाले डिनर सेट, १०५ जनाले हिटर , १५१ जनाले आइरन  र ७५० जनाले आकर्षक भित्ते घडी प्राप्त गर्न सक्नेछन्। विजेता घोषणाको लक्की–ड्र कार्यक्रम प्रत्यक्ष प्रसारण मार्फत गरिने कम्पनीले जनाएको छ। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend