images

२०८३ आश्विन १६ गते

images
images
images

१० सडक पूर्ण अवरूद्ध हुँदा १४३ ठाउँमा एकतर्फी सञ्चालन

१० सडक पूर्ण अवरूद्ध हुँदा १४३ ठाउँमा एकतर्फी सञ्चालन

images
images
आइतवार, भाद्र १ २०८२
आइतवार, भाद्र १ २०८२
  • काठमाडौँ, १ भदौः  बाढीपहिरोका कारण देशभरका १० वटा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् । सडक विभागका अनुसार १० सडक अवरुद्ध हुँदा १४३ स्थानमा एकतर्फी सडक सञ्चालन भएको छ ।आज बिहानै नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्दा ठोरी–भरतपुर–मुग्लिङ, आँवुखैरेनी–गोरखा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । त्यहाँ पहिरो पन्छाउने कार्य भइरहेको छ ।

    images
    images

    त्यस्तै रसुवाको रसुवागढी–स्याफ्रुबेसी सडक खण्डमा कुलुङस्थित मितेरी पुल बगाउँदा चीनसँगको आपूर्ति पूर्ण रूपमा ठप्प भएको छ । भोटेकोसीले कटान गर्दा सो सडक दुई सातादेखि अवरुद्ध छ ।सुनसरी–सङ्खुवासभा जोड्ने कोशी करिडोर पनि वरुण नदीमा बनेको डाइभर्सन बगाउँदा अवरुद्ध भएको विभागले जनाएको छ। यस्तै ताप्लेजुङको फाक्ताङ्लुङ ५ र ६ जोड्ने रानीपुलको बेलीब्रिज बाढीले बगाउँदा तमोर करिडोर रोकिन पुगेको छ ।

    सिन्धुपाल्चोकको कोदारीमा गएको पहिरोले अरनिको राजमार्ग बन्द भएको छ भने पश्चिम रुकुमको चोखाखोला, रिजगाड, उसुम खोला र छलगाड क्षेत्रमा गएको लेदोमाटोसहितको पहिरोका कारण भेरी करिडोर पूर्ण रूपमा अवरुद्ध छ ।त्यस्तै रोल्पाको पुतलाचौर–ग्राम्जिम क्षेत्रमा गएको पहिरोले सहिद राजमार्ग, बागलुङको काली खोलामा आएको पहिरोले रिडी–तानसेन–कोरला सडक र दैलेखको बग्डुल्लामा गएको पहिरोले खुलालु–जुम्ला सडक पूर्ण रूपमा अवरुद्ध भएको विभागले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend