images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • संघीय संसद्का दुई समितिको बैठक आज...

संघीय संसद्का दुई समितिको बैठक आज (कार्यसूचि सहित)

संघीय संसद्का दुई समितिको बैठक आज (कार्यसूचि सहित)

images
images
आइतवार, भाद्र १ २०८२
आइतवार, भाद्र १ २०८२
  • काठमाडौंः भदौ १, संघीय संसद् मातहतका दुई महत्वपूर्ण संसदीय समिति, पूर्वाधार विकास समिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ।

    images
    images

    पूर्वाधार विकास समितिको बैठकमा वर्षाका कारण प्रभावित अन्तरदेशीय सडकहरू, विशेषतः कोदारी राजमार्ग, रसुवागढी क्षेत्रका सडकहरूको अवस्था माथि छलफल हुने कार्यसूची तय गरिएको छ। यस्तै, चाडपर्व नजिकिँदै गर्दा सडक यातायात तथा पूर्वाधारको समग्र अवस्थाका सम्बन्धमा पनि समितिले विस्तृत छलफल गर्नेछ।

    यसैगरी, विधायन व्यवस्थापन समितिको बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदन माथि छलफल गरिने कार्यक्रम छ। नागरिकता सम्बन्धी विधेयक लामो समय देखि विवादमा रहँदै आएको विषय भएकोले आजको बैठक प्रति विशेष चासो देखिएको पनि छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend