images

२०८३ आश्विन १६ गते

images
images
images

पेस्टालोजी नेपालमा रोजगारीको अवसर (सूचना सहित)

पेस्टालोजी नेपालमा रोजगारीको अवसर (सूचना सहित)

images
images
शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० २०८२
  • काठमाडौंः बाल अधिकार र शिक्षा क्षेत्रमा क्रियाशील गैरसरकारी संस्था पेस्टालोजी नेपालले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। संस्थाले बाल विकास सल्लाहकार र आवासीय सहायक पदमा योग्य उम्मेदवारहरूलाई दरखास्त दिन आह्वान गरेको छ। संस्थाले देशका विभिन्न स्थानमा सञ्चालन गरिरहेका बाल संरक्षण कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यले जनशक्ति थप गर्ने निर्णय लिएको जनाएको छ। माग गरिएका पदहरूः
    बाल विकास सल्लाहकार (Child Development Counselor)
    न्यूनतम शैक्षिक योग्यताः मनोविज्ञान, सामाजिक कार्य वा सम्बन्धित विषयमा स्नातक (Bachelor’s Degree)।अनुभवः बाल मनोविज्ञान, परामर्श तथा समुदायमा कार्य अनुभव भएका उम्मेदवारलाई प्राथमिकता।कार्यक्षेत्रः विभिन्न जिल्लामा अवस्थित बाल गृहहरू।

    images
    images

    आवासीय सहायक (Residential Assistant)
    न्यूनतम योग्यताः कक्षा १२ उत्तीर्ण। बालबालिकासँग काम गर्ने अनुभव र सहनशीलता आवश्यक। बाल गृहमा बसोबास गर्दै बालबालिकाको हेरचाहमा सहयोग पुर्‍याउने।

    आवेदन विवरणः इच्छुक उम्मेदवारहरूले आफ्नो बायोडाटा, शैक्षिक प्रमाणपत्र, नागरिकताको प्रतिलिपि सहित आवेदन पठाउनु पर्नेछ। आवेदन इमेल वा संस्थाको कार्यालयमा बुझाउन सकिनेछ। पेस्टालोजी नेपालले उम्मेदवारहरूको लैंगिक समानता, समावेशिता, र बाल सुरक्षा नीतिप्रति प्रतिबद्धता सुनिश्चित गर्दै छनौट प्रक्रिया अघि बढाउने जनाएको छ।अधिक जानकारीको लागि पेस्टालोजी नेपालको आधिकारिक वेबसाइट वा कार्यालयमा सम्पर्क गर्न सकिनेछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend