images

२०८३ आश्विन २० गते

images
images
images

एक सय ३३ कुष्ठरोगीको सहारा बनेको आश्रम

एक सय ३३ कुष्ठरोगीको सहारा बनेको आश्रम

images
images
शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० २०८२
  • ललितपुर । नेपालमा कुष्ठरोगको इतिहास राणाकालीन समयदेखि सुरु भएको मानिन्छ । सन् १८५७ मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले ललितपुरको खोकनामा कुष्ठरोगी व्यवस्थापनका लागि झुपडीको रूपमा ‘कुष्ठरोगीखाना’ स्थापना गरेका थिए । हाल यो स्थान नेपाल कुष्ठरोग निवारण सङ्घको मातहतमा रहेको खोकना कुष्ठरोग आरोग्य आश्रमको रूपमा परिचित छ ।ललितपुरको खोकना र काठमाडौँको दक्षिणकाली नगरपालिकालाई जोड्ने झोलुङ्गे पुलमुनिबाट बग्ने वाग्मती नदीको किनारमा रहेको यस आश्रममा हाल १३३ जना कुष्ठरोग प्रमाणित व्यक्ति बस्दै आएका छन् । आश्रममा नेपाल कुष्ठरोग निवारण सङ्घको नाममा २८ रोपनी र थप ३० रोपनी सरकारी जमिन गरी करिब ५८ रोपनी क्षेत्रफलमा फैलिएको छ । 

    images
    images

    खोकना कुष्ठरोग आरोग्य आश्रमकी प्रमुख लक्ष्मी श्रेष्ठका अनुसार आश्रममा हाल बस्दै आएका १३३ जनाभन्दा बढी बिरामीलाई राख्न सकिने ठाउँ छैन । नयाँ व्यक्तिहरू भर्ना हुनका लागि आउने गरे पनि कोटा र कोठाको अभावले गर्दा धेरैलाई फर्काउनुपरेको छ । कुनै बिरामीको निधन भएपछि वा उनीहरूले कोठा छोडेपछि मात्र नयाँ व्यक्तिलाई भर्ना गरिन्छ ।आश्रममा हाल २१ देखि ९६ वर्ष उमेर समूहका कुष्ठरोग प्रमाणित व्यक्ति छन् । तर, बाबुआमा निधन भएपछि उनका सन्तानले त्यहीँ बस्न नपाउने व्यवस्थाले समस्याको घेरो अझै बढाएको छ । प्रमुख श्रेष्ठ भन्छिन्, ‘बाबाआमा नभएपछि आश्रममा बस्न नपाउने सन्तानको दयनीय अवस्था हुन्छ । उनीहरू कतै जान नपाउने भएर विचल्लीमा पर्छन् ।’वि.सं २०५२ अघि विभिन्न दातृ निकायबाट पुनर्वासको व्यवस्था हुने गरेको भए पनि त्यसपछिको समयमा यस्तो पहल नहुनु गम्भीर समस्या बनेको छ । ‘आल्टा नेपाल’ नामक संस्थाले ६० परिवारको पुनर्वास गरे पनि हालसम्म सो पहल स्थगित भएको छ ।

    भवन संरचना र सुविधाको अवस्था

    images
    images

    हाल आश्रममा रहेका अधिकांश भवन दातृ निकायको सहयोगमा निर्माण गरिएका हुन् । राणाकालमा बनेको ऐतिहासिक कुष्ठरोगखाना २०७२ को भूकम्पले क्षति पुगेपछि भत्काइएको थियो ।अहिले करिब ५० वर्ष पुराना संरचनामात्र बाँकी छन् । सीमित जनशक्ति र संरचनाको अभावले बिरामीले पर्याप्त सुविधा पाउन सकेका छैनन् ।सन् १८५० मा जङ्गबहादुर राणा फ्रान्स र लन्डन भ्रमणमा जाँदा त्यहाँको नागरिक स्वास्थ्य र संस्थाको अध्ययन गरेका थिए । सो अध्ययनले उनलाई नेपालमा कुष्ठरोगको भयावह अवस्थाको समाधान गर्न उत्प्रेरित गरेको जानकारहरू बताउँछन् । उक्त बेलामा काठमाडौँ उपत्यकाका विभिन्न पाटी, मन्दिर र सार्वजनिकस्थलमा बस्ने कुष्ठरोगीलाई खोकनास्थित कुष्ठरोगखानामा ल्याइएको थियो । 

    समाजबाट टाढाको समुदाय

    कुष्ठरोगका कारण समाजबाट अपहेलित भएकाहरूले आपसमा मिलेर छुट्टै समुदाय निर्माण गरेका थिए । कसैको औँला नभएको, कसैको खुट्टा नभएको अवस्थामा उनीहरू एकअर्कालाई देखेर चित्त बुझाउँथे । सयौँ कुष्ठरोगी एउटै ठाउँमा बस्ने, एकअर्काको मृत्युमा मिलेर अन्त्येष्टि गर्ने परम्परा स्थापित भएको थियो । वि.सं २०५९ मा कुष्ठरोग खानाको नाम परिवर्तन गरी खोकना कुष्ठरोग आरोग्य आश्रम राखिएको हो । तेह्र वर्षको उमेरदेखि आश्रममा बस्दै आएका ७० वर्षीय काजीमान तामाङका अनुसार सुरुमा महिलालाई ललितपुरतर्फ र पुरुषलाई दक्षिणकाली नगरपालिकातर्फको खोला किनारमा राखिन्थ्यो ।

     

    उपचार र सेवा सुविधा

    आश्रममा बस्ने बिरामीका लागि प्राथमिक उपचार सेवा उपलब्ध छ । हप्तामा दुईपटक निःशुल्क उपचार हुन्छ । जटिल अवस्थामा रहेका बिरामीलाई स्वास्थ्य बिमाअनुसार पाटन अस्पतालमा र कुष्ठरोगको विशेष उपचारका लागि गोदावरी नगरपालिकास्थित टीकाभैरवको आनन्दवन अस्पतालमा लगिन्छ, जहाँ निःशुल्क उपचार सेवा प्रदान गरिन्छ ।सन्ताउन्न वर्षदेखि आश्रममा बस्दै आएका काजीमान तामाङ भन्छन्, ‘पहिले साँघुरो कोठामा चार जना बस्नुपर्थ्याे । अहिले केही सुविधा छ । तेह्र वर्षमा आश्रम आएँ, अहिले ७० वर्ष पुगेँ । जीवनको अधिकांश समय यहीँ बितेको छ ।’खोकना कुष्ठरोग आरोग्य आश्रमले नेपालमा कुष्ठरोगीको व्यवस्थापन र पुनःस्थापनामा सघाएको उनी बताउँछन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend