images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • पशुपतिमा जलिरहेको शवबाट हड्डी किनेर लैजाने...

पशुपतिमा जलिरहेको शवबाट हड्डी किनेर लैजाने २ जना पक्राउ

पशुपतिमा जलिरहेको शवबाट हड्डी किनेर लैजाने २ जना पक्राउ

images
images
बिहिवार, श्रावण २९ २०८२
बिहिवार, श्रावण २९ २०८२
  • काठमाडौं । पशुपति आर्यघाटमा जलिरहेको शवका हड्डी खरिद गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी घर भई हाल कपन बस्ने ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरीको बलानबिहुल घर भई हाल गौरीघाट बस्ने ४१ वर्षीय मिश्रीलाल यादव रहेको प्रहरीले जनाएको छ ।

    images
    images

    उनीहरूले बनेपा–९ का राम शाहीको जलिरहेको शवबाट हड्डीकोटुक्रा र खरानी खरिद गरेका थिए । घटना सार्वजनिक भएपछि मलामीले प्रहरीमा उजुरी दिएका थिए । त्यसपछि काभ्रेका घाटे ब्राह्मण गणेश ढकाल र उनका सहयोगी, उदयपुरका विनायक मैनाली पक्राउ परेका हुन् ।

    प्रहरीसँगको बयानका क्रममा ढकाल र मैनालीले जलिरहेको शवबाट कान्छी औंलाको टुप्पो र खरानी ४ सय रुपैयाँमा दिएको स्वीकार गरेका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend