images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • समृद्धि फाइनान्सले कमायो ३.१९ करोड...

समृद्धि फाइनान्सले कमायो ३.१९ करोड नाफा

समृद्धि फाइनान्सले कमायो ३.१९ करोड नाफा

images
images
बिहिवार, श्रावण २९ २०८२
बिहिवार, श्रावण २९ २०८२
  • काठमाडौं । लामो समय अघिदेखि नोक्सानीको सामना गरेको समृद्धि फाइनान्स लिमिटेडले चौथो त्रैमासमा रु ३.१९ करोड नाफा कमाउन सफल भएको छ । फाइनान्सले प्रकाशन गरेको वित्तीय विवरणले सुधारको आशा देखाएको हो । 

    images
    images

    यस अवधिमा संस्थाको निक्षेप संकलन १३.७२ प्रतिशतले वृद्धि भएको छ भने कर्जा लगानी ९.६२ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा १९.९३ प्रतिशत रहेको निष्कृय कर्जा अनुपात यस अवधिमा ९.६६ प्रतिशतमा झरेको छ । 

    प्रति सेयर आम्दानी ३.९० रुपैयाँ रहेको छ । सानो व्यवसाकीय आकारले गर्दा सञ्चालन नोक्सानीमा रहनु एवं उच्च मात्रामा निष्कृय कर्जा रहेकोमा क्रमिक रूपमा व्यवसाय वृद्धि गर्दै संस्था सञ्चालन मुनाफामा लैजाने दृढ अठोट संस्थाले लिएको छ ।पोखरा फाइनान्स लिमिटेडसँग मर्जर सम्झौता गरेको फाइनान्सले आगामी दिनमा अझ दरिलो, विश्वासिलो एवं सुदृढ फाइनान्सको रूपमा स्थापित भई सेयर धनीलाई उच्चतम लाभांश प्रदान गर्ने लक्ष्य लिएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend