images

२०८३ आश्विन १५ गते

images
images
images
  • पूर्वाधार
  • गुल्मीमा कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडक...

गुल्मीमा कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडक अवरुद्ध

गुल्मीमा कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडक अवरुद्ध

images
images
बुधवार, श्रावण २८ २०८२
बुधवार, श्रावण २८ २०८२
  • गुल्मी। अविरल वर्षाका कारण पहिरो गएपछि कालीगण्डकी करिडोर अवरुद्ध बनेको छ । कालीगण्डकी करिडोर सडकको गुल्मीखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ स्थित राक्सेमा सडक माथिबाट चट्टानसहितको पहिरो खसेपछि आज उक्त सडक पूर्ण रुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।सडक अवरुद्ध बनेपछि त्यस क्षेत्रमा अहिले दुवैतर्फका सवारीसाधनबीच बाटोमै अलपत्र परेका छन् । अवरुद्ध सडक सञ्चालन गर्नका लागि सडक निर्माण कम्पनीबाट स्काभेटर तयारी अवस्थामा राखिएको भए पनि पानी परिरहेको र सडक माथिबाट पहिरो खसिरहेका कारण तत्कालै सडक सञ्चालन गर्न समस्या परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकरी गङ्गाबहादुर सारुले जानकारी दिए।

    images
    images

    त्यसैगरी जिल्लाको मुख्य सडकअन्तर्गत रिडी–वामीटक्सार खण्ड पनि अवरुद्ध बनेको छ । उक्त सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ स्थित डहरे खोलामा पानीको बहाव बढेपछि आज उक्त सडक पनि पूर्ण रुपमा अवरुद्ध बनेको सूचना अधिकारी सारुले बताए ।डहरे खोलामा लेदोसहितको बाढी आएपछि सडक अवरुद्ध हुँदा त्यस क्षेत्रबाट रिडी हुँदै बुटवल जाने र रिडी हुँदै बागलुङको बुर्तिबाङसम्म आवतजावत गर्ने सवारीसाधन यतिबेला बीच बाटोमै रोकिएको प्रहरीले जनाएको छ।

    डहरे खोलाले गत साता एउटा कारसमेत बगाइदिएको थियो । अवरुद्ध सडक सञ्चालन गर्नका लागि जिल्ला प्रहरी कार्यालयले जोहाङ् खैरेनी र पुर्तीघाटबाट प्रहरी टोली परिचालन गरिसकेको जनाएको छ ।जिल्ला प्रशासन कार्यालयले वर्षाको समयमा खोला तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउँदै सुरक्षित स्थानमा बसोबास गर्न आग्रह गरेको छ । त्यसैगरी वर्षाका कारण बडिगाड खोला र कालीगण्डकीमा पनि पानीको सतह बढ्दै जान थालेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend