images

२०८३ आश्विन २१ गते

images
images
images

बजारमा आउन छाड्यो नेपाली आँप

बजारमा आउन छाड्यो नेपाली आँप

images
images
बुधवार, श्रावण २८ २०८२
बुधवार, श्रावण २८ २०८२
  • बजारमा नेपाली आँप आउन छोडेको छ।दुई सातादेखि नेपाली आँप आउन छोडेको नेपाल फलफूल थोक व्यवसायी संघ, काठमाडौंका उपाध्यक्ष मेघनाथ चौलागाईंले जानकारी दिए।'अब नेपाली आँपको सिजन सकियो,' उनले भने।उनका अनुसार बजारमा जेठदेखि साउन दोस्रो सातासम्म नेपाली आँप आउँछ। त्यसपछि भारतीय र विस्तारै चिनियाँ आँप आउन थाल्छ।

    images
    images

    अहिले बजारमा भारतीय आँपको पनि सिजन सकिएको छ। अहिले ग्राहकले थोरै मात्रामा भारतीय आँप पाउँछन्। भारतीय आँप निख्रिन थालेपछि चिनियाँ आँप आउन थालेको हो।बजारमा अहिले स्वदेशी आँप छैन। भारतीय आँप पनि थोरै मात्रामा मात्रै आइरहेको छ। भारतीय आँप भएसम्म चिनियाँ आँप खासै बिक्री नहुने उनी बताउँछन्।'स्वदेशी आँप भएसम्म भारतीय बिक्दैन। भारतीय आँप पाएसम्म ग्राहकले चिनियाँ रूचाउँदैनन्,' उनले भने।

    भारतीय आँप आउन छोडेपछि भने चिनियाँ आँप थोरै मात्रामा बिक्री हुने उनले जानकारी दिए।उनका अुनसार अहिले चिनियाँ आँप होलसेलमा प्रतिकिलो दुई सय रूपैयाँभन्दा बढी छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend