images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • प्रतिनिधिसभाको बैठक आज बस्दै, ‘सूचना प्रविधि...

प्रतिनिधिसभाको बैठक आज बस्दै, ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक’ प्रस्तुत हुने

प्रतिनिधिसभाको बैठक आज बस्दै, ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक’ प्रस्तुत हुने

images
images
बुधवार, श्रावण २८ २०८२
बुधवार, श्रावण २८ २०८२
  • काठमाडौँ, साउन २८–सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बुधबार अपराह्न १ः०० बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दै छ। बैठकमा विभिन्न मन्त्रालय सँग सम्बन्धित मौखिक प्रश्नहरूमा सम्बद्ध मन्त्रीहरूले उत्तर दिने कार्यसूची रहेको छ।

    images
    images

    सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकमा ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

    आजै विभिन्न चार संसदीय समितिको बैठक पनि बस्दैछ। कार्यसूची अनुसार अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति तथा सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकहरू तय भएका छन्।

    images
    images

    अर्थ समितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि दफावार छलफल हुनेछ। कानुन, न्याय तथा मानव अधिकार समितिमा कैलाली कारागारमा साउन २३ गते भएको घटनाबारे गृहमन्त्री सँग छलफल गरिनेछ।

    त्यसैगरी, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ माथि छलफल हुनेछ।

    सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदनमा समेटिएका मूलभूत पक्षहरूबारे विस्तृत छलफल हुने कार्यतालिका रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend