images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • राज्य व्यवस्था तथा सुशासन समितिको सभापति...

राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट खतिवडाले दिए राजीनामा

राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट खतिवडाले दिए राजीनामा

images
images
मंगलवार, श्रावण २७ २०८२
मंगलवार, श्रावण २७ २०८२
  • काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएका छन् । मंगलबार संसद् बैठकलाई सम्बोधन गर्दै खतिवडाले राजीनामा दिएका हुन् ।

    images
    images

    सङ्घीय निजामती विधेयकमा राखिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको चलखेलमा खतिवडालाई नैतिक जिम्मेवार ठहर गरिएको थियो । तर, समितिको प्रतिवेदनमा आफूलाई राजीनामा दिन सिफारिस नगरेको तथा कारबाहीको सिफारिस नगरे पनि आफूले हाँसी खुसी राजीनामा दिन लागेको उनले स्पष्ट पारे । कृष्ण प्रसाद भट्टराईको उदाहरण दिँदै उनले भने, ‘नखाएको विष लाग्दैन ।’

    कुलिङ पिरियडमा सबैको सहमति जुटाउन आफूले सक्दो भूमिका खेलेको भए पनि पछि यसमा छेडखानी गरिएको उनको तर्क थियो । उनले भने, ‘यसमा सबैभन्दा पहिले छानबिनको माग गर्नेमध्ये म थिएँ ।’संसद् बैठकमा बोल्दै उनले यस प्रकरणमा आफ्नो कुनै स्वार्थ नभएको दाबी दोहोर्‍याए । उनले आफ्नो कार्यकालमा समितिबाट भएका कार्य प्रगति सुनाएका थिए ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend