images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • राष्ट्रिय मानव अधिकार आयोगले गर्‍यो रवि...

राष्ट्रिय मानव अधिकार आयोगले गर्‍यो रवि लामिछानेको कोठाको अनुगमन

राष्ट्रिय मानव अधिकार आयोगले गर्‍यो रवि लामिछानेको कोठाको अनुगमन

images
images
सोमवार, श्रावण २६ २०८२
सोमवार, श्रावण २६ २०८२
  • भैरहवा । राष्ट्रिय मानव अधिकार आयोगको टोलीले सोमवार रुपन्देही कारागार तथा त्यहाँ रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको कोठाको अनुगमन गरेको छ ।

    images
    images

    अनुगमनपछि आयोगकी प्रवक्ता लिली थापाले लामिछानेको कोठामा झ्यालहरू थुनेर राखिएको बताउँदै यस प्रकारको व्यवस्था प्रश्न उठाउने खालको भएको टिप्पणी गरेकी छिन् । थापाले कोठामा एसी नभएको तथा पंखा राखिए पनि झ्याल बन्द भएकाले त्यसको हावा पुग्ने अवस्था नरहेको उल्लेख गरेकी छिन् ।

    थापाले कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएकाले उनीहरूको मानवअधिकार प्रत्याभूत गर्न कठिनाइ भएकोसमेत बताएकी छिन् ।आयोगले यस सम्बन्धमा आवश्यक प्रतिवेदन तयार पार्नेछ ।थापाका अनुसार लामिछानेले कारागार सरुवाका लागि निवेदन दिई अदालतबाट अनुमति पनि पाइसकेका रहेछन् । तर अझैसम्म सरुवा नगरिनु गम्भीर विषय भएको थापाको भनाइ छ ।थापाले यस बारेमा ठमाडौंमा कारागार व्यवस्थापन विभागसँग छलफल गर्ने योजनाबारे पनि जानकारी दिएकी छिन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend