काठमाडौँ, साउन २६–सङ्घीय संसदका चार समितिको बैठक आज (सोमबार) बस्ने भएको छ। निर्धारित कार्यतालिका अनुसार अर्थ समिति, , कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिका बैठकहरू बस्न लागेका हुन्।
अर्थ समितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि छलफल हुनेछ।
कानुन, न्याय तथा मानवअधिकार समितिमा ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ विषयमा दफावार छलफल गर्ने कार्यक्रम छ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले ‘हिन्द कुश हिमालयन पार्लियामेन्टस् मिट–२०२५’ सम्बन्धमा छलफल गर्ने कार्यसूची राखेको छ।
त्यसैगरी, विधायन व्यवस्थापन समितिको बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ उपर सैद्धान्तिक छलफल गरिनेछ।




.gif)





