images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • माग सम्बोधन नगरिए साउन २९ देखि...

माग सम्बोधन नगरिए साउन २९ देखि आन्दोलन थाल्ने प्याब्सनको चेतावनी

माग सम्बोधन नगरिए साउन २९ देखि आन्दोलन थाल्ने प्याब्सनको चेतावनी

images
images
आइतवार, श्रावण २५ २०८२
आइतवार, श्रावण २५ २०८२
  • काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले ‘निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइने’ वाक्यांश विद्यालय शिक्षा विधेयकबाट हटाउन माग गरेको छ । आइतबार (साउन २५) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्याब्सन पदाधिकारीले यस्तो माग गरेका हुन् ।

    images
    images

    उनीहरूले पूर्ण छात्रवृत्ति भन्ने शब्द पनि विधेयकबाट हटाइनुपर्ने बताएका छन् । हाल अभ्यासमा रहेको जम्मा विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृत्ति प्रावधानलाई निरन्तरता दिइनुपर्ने उनीहरूको माग छ । छात्रवृत्तिअन्तर्गत भर्ना, वार्षिक र मासिक पढाइ शुल्क कायम हुनुपर्ने प्याब्सनले माग गरेको छ ।

    पत्रकार सम्मेलनमा प्याब्सनका महासचिव आरबी कटुवालले यही साउन २८ गतेभित्र आफूहरूका मागहरू सम्बोधन गरी विधेयकमा संशोधन गर्न ‘अल्टिमेटम’ दिए । त्यसो नगरिए साउन २९ देखि आन्दोलन थाल्ने उनले चेतावनी दिए ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend