images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • कैलाली कारागारमा पुनः झडप, एक कैदीको...

कैलाली कारागारमा पुनः झडप, एक कैदीको मृत्यु, ४७ घाइते

कैलाली कारागारमा पुनः झडप, एक कैदीको मृत्यु, ४७ घाइते

images
images
शनिवार, श्रावण २४ २०८२
शनिवार, श्रावण २४ २०८२
  • काठमाडौँः २४ साउन,धनगढी,कैलाली जिल्ला कारागारमा कैदीबन्दीहरू बीच पुनः झडप हुँदा एक जनाको ज्यान गएको छ भने ४७ जना घाइते भएका छन्। गम्भीर घाइते मध्ये तीन जनाको अवस्था चिन्ताजनक रहेको छ।

    images
    images

    मृतक धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय भरत चौधरी रहेका छन्, जो लागुऔषध सम्बन्धी मुद्दामा सजाय भुक्तान गर्दै थिए। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी राजकुमार सिंहका अनुसार, शुक्रबार राति करिब ११ बजे दुई समूह बीच विवाद चर्किँदा झडप भएको हो।

    झडपमा गम्भीर घाइते भएका चौधरीलाई सेती प्रादेशिक अस्पताल लगिएको थियो तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव हाल अस्पतालको शवगृहमा राखिएको छ।

    images
    images

    अन्य घाइतेहरूको पनि सोही अस्पतालमा उपचार भइरहेको छ। तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ भने बाँकीको अवस्था सामान्य रहेको जनाइएको छ।

    उक्त कारागारमा यो घटना पहिलो भने होइन। केही दिन अघि मात्र बिहीबार पनि कैदीबन्दीहरू बीच झडप भएको थियो, जसमा पाँच जना घाइते भएका थिए। कारागार प्रशासनले दोहोरिंदै आएका यस्ता घटना प्रति चिन्ता व्यक्त गर्दै थप सुरक्षा र निगरानीका उपायहरू बारे छलफल अघि बढाएको जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend