images

२०८३ आश्विन १७ गते

images
images
images
  • शिक्षा
  • अमृत साइन्स क्याम्पसमा निःशुल्क आइटी प्रवेश...

अमृत साइन्स क्याम्पसमा निःशुल्क आइटी प्रवेश तयारी कक्षा सुरु हुने

अमृत साइन्स क्याम्पसमा निःशुल्क आइटी प्रवेश तयारी कक्षा सुरु हुने

images
images
शुक्रवार, श्रावण २३ २०८२
शुक्रवार, श्रावण २३ २०८२
  • काठमाडौं । २३ साउन, अमृत साइन्स क्याम्पस (अस्कल) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले स्नातक तहमा सूचना प्रविधि (आइटी) अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि दुई महिनाको निस्शुल्क प्रवेश तयारी कक्षा सञ्चालन गर्ने भएको छ।

    images
    images

    शैक्षिक सत्र २०८२।२०८३ का लागि बीएस्सी सीएसआइटी (BSc CSIT) र बीआईटी (BIT) को प्रवेश परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूलाई लक्षित गर्दै कक्षा सञ्चालन गर्न लागिएको स्ववियु अध्यक्ष रुद्रहरी पोखरेलले जानकारी दिए।

    उनका अनुसार, क्याम्पसमा बीएस्सी सीएसआइटीमा १४४ सिट र बीआईटीमा ३६ सिट उपलब्ध छन्। आइटी अध्ययन गर्न चाहने विद्यार्थीहरू, विशेष गरी दुर्गम क्षेत्रबाट आएका, आर्थिक रूपमा कमजोर र जेहेन्दार विद्यार्थीहरूलाई लक्ष्य गरेर तयारी कक्षा सुरु गरिएको हो।

    images
    images

    ूअस्कलमा विद्यार्थीहरूका लागि आइटी पढ्ने सपना सजिलो बनाउने हाम्रो उद्देश्य हो, पोखरेलले भने, यस कार्यक्रमले दक्ष र इच्छाशक्ति भएका धेरै विद्यार्थीहरूलाई लाभ पुग्नेछ।

    स्ववियुको विज्ञप्तिमा के भनिएको छः
    स्ववियुले जारी गरेको विज्ञप्तिमा इच्छुक विद्यार्थीहरूलाई समयमा सम्पर्क गर्न आग्रह गरिएको छ। तयारी कक्षा निःशुल्क भए पनि समयमै दर्ता आवश्यक रहने बताइएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend