images

२०८३ आश्विन १७ गते

images
images
images

चीनलाई ललितपुर महानगरले राख्यो सार्क समूहमा, बढायो पर्यटन शुल्क

चीनलाई ललितपुर महानगरले राख्यो सार्क समूहमा, बढायो पर्यटन शुल्क

images
images
शुक्रवार, श्रावण २३ २०८२
शुक्रवार, श्रावण २३ २०८२
  • काठमाडौँ । कला र संस्कृतिको सहर ललितपुर घुम्न आउने विदेशी पर्यटकहरूले अब पहिलेभन्दा बढी प्रवेश शुल्क तिर्नुपर्ने भएको छ । ललितपुर महानगरपालिकाले नयाँ आर्थिक ऐन, २०८२ मार्फत पर्यटन शुल्कमा वृद्धि गरेको हो ।  ललितपुर महानगरपालिका आर्थिक ऐन, २०८२ को दफा १४ तथा अनुसूची–१२ मा पर्यटन शुल्कसम्बन्धी नयाँ व्यवस्था गरिएको हो । 

    images
    images

    ऐनअनुसार नयाँ शुल्क दर आउँदो असोज १ गतेदेखि पूर्ण रूपमा लागू हुने छ । तर, त्यसअघिका दुई महिना अर्थात् साउन १ गतेदेखि भदौ मसान्तसम्म पुरानै र नयाँकोबिचको शुल्क दर कायम गरिएको छ ।पहिलो चरणमा साउन १ गतेदेखि भदौ मसान्तसम्म सार्क र बिमस्टेक राष्ट्रका पर्यटक प्रति व्यक्ति  २५० रुपैयाँ, अन्य राष्ट्रका पर्यटकलाई प्रति व्यक्ति एक हजार लाग्ने छ । यस्तै दोस्रो चरण असोज १ गतेदेखि  चीन, सार्क र बिमस्टेक राष्ट्रका पर्यटक प्रति व्यक्ति  ५ सय रुपैयाँ र अन्य राष्ट्रका पर्यटकको शुल्क यथावत राखेको छ ।  

    नयाँ व्यवस्थामा चीनलाई सार्क तथा बिमस्टेक राष्ट्रको समूहमा राखेको छ । जसको शुल्क २५० बाट बढाएर  ५०० पुर्‍याइएको छ, जुन शतप्रतिशत वृद्धि हो । अन्य मुलुकका पर्यटकका लागि भने शुल्क यथावत राखिएको छ । विदेशी पर्यटकका लागि शुल्क बढाइए पनि नेपाली नागरिकका लागि भने कुनै परिवर्तन गरिएको छैन ।  पाटन सङ्ग्रहालय प्रवेश गर्दा नेपाली नागरिकले तिर्नुपर्ने शुल्क ३० नै कायम छ । साथै विद्यार्थी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूका लागि  १५  रुपैयाँको सहुलियत दर पनि यथावत रहेको महानगरले जनाएको छ ।यो शुल्कबाट उठेको रकमको ७५ प्रतिशत महानगरपालिकाले प्राप्त गर्नेछ भने बाँकी २५ प्रतिशत रकम प्रचलित कानुनअनुसार बाँडफाँड हुने ऐनमा उल्लेख छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend