images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • नाडेप लघुवित्तको खुद नाफा ५ करोड...

नाडेप लघुवित्तको खुद नाफा ५ करोड ३७ लाख,प्रतिसेयर आम्दानी कति ?

नाडेप लघुवित्तको खुद नाफा ५ करोड ३७ लाख,प्रतिसेयर आम्दानी कति ?

images
images
शुक्रवार, श्रावण २३ २०८२
शुक्रवार, श्रावण २३ २०८२
  • नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो वर्ष घाटामा रहेको लघुवित्त नाफामा फर्किएको छ।

    images
    images

    खुद नाफा

    अघिल्लो आवको असार अन्त्यसम्म कम्पनी ७ करोड ४४ लाख रुपैयाँ खुद घाटामा रहेकोमा गत वर्ष यसलाई सुधारेर ५ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो।

    images
    images

    खुद ब्याज आम्दानी/कुल सञ्चालन आम्दानी

    अघिल्लो वर्ष ३४ करोड ६१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले गत वर्ष १५.८८ प्रतिशतको वृद्धि गर्दै ४० करोड १० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। त्यसैगरी अघिल्लो वर्ष ३७ करोड २२ लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको कम्पनीले गत वर्ष २०.६० प्रतिशतको वृद्धि सहित ४४ करोड ८८ लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ।

    सञ्चालन घाटा

    यससँगै अघिल्लो वर्ष ८ करोड ८६ लाख रुपैयाँ सञ्चालन घाटा बेहोरेको कम्पनीले गत वर्ष ७ करोड ६३ लाख रुपैयाँ सञ्चालन नाफा गरेको तथ्यांकले देखाएको छ।

    प्रतिसेयर आम्दानी /प्रतिसेयर नेटवर्थ

    यसैगरी अघिल्लो वर्ष कम्पनीको प्रतिसेयर आम्दानी (ईपएस) १५.३२ रुपैयाँ ऋणात्मक रहेकोमा गत वर्ष ११.०६ रुपैयाँ धनात्मक भएको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १६६.१९ रुपैयाँ रहेको छ।

    खराब कर्जा

    कम्पनीको खराब कर्जा भने झनै चुलिंदै गएको छ। अघिल्लो वर्ष ९.९८ प्रतिशत रहेको एनपीएल गत वर्ष बढेर १४.१४ प्रतिशत पुगेको छ। ३ अर्ब ३ करोड रुपैयाँ बढी सापटी लिएर ५ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको यस कम्पनीले जम्मा १ अर्ब ९१ करोड रुपैयाँ मात्रै निक्षेप संकलन गर्न सकेकाले खराब कर्जा चुलिएको हो।

    चुक्ता पूँजी/रिजर्भ

    चुक्ता पूँजी ४८ करोड ५७ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भ कोषमा ३५ करोड ९० लाख रुपैयाँ रहेको छ।

    वितरणयोग्य नाफा

    कम्पनीको वितरणयोग्य नाफा (लाभांश क्षमता) भने अझै पनि ३ करोड ८० लाख रुपैयाँ ऋणात्मक नै रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend