images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • पत्रकार महासङ्घ र रिपब्लिक मिडियाबीच चारबुँदे...

पत्रकार महासङ्घ र रिपब्लिक मिडियाबीच चारबुँदे सहमति

पत्रकार महासङ्घ र रिपब्लिक मिडियाबीच चारबुँदे सहमति

images
images
बिहिवार, श्रावण २२ २०८२
बिहिवार, श्रावण २२ २०८२
  • नेपाल पत्रकार महासङ्घ र रिपब्लिक मिडिया लिमिटेडबीच चारबुँदे सहमति भएको छ । नेपाल रिपब्लिक मिडिया लिमिटेडमा कार्यरत पत्रकारको पारिश्रमित नियमित गर्ने र नेपाल रिपब्लिक मिडियाबाट बिदा भएका वा भइजानेको हकमा श्रमजीवि पत्रकार ऐन बमोजिम सेवासुविधा दिई बिदा गर्ने सहमति भएको हो ।

    images
    images

    महासङ्घको समन्वयमा नेपाल रिपब्लिक मिडिया र पत्रकारिताको विकास, पत्रकारको हकहितसम्बन्धी विषयमा यही साउन ५ गते र आज छलफल भएपछि महासङ्घका केन्द्र, प्रतिष्ठान प्रदेश, रिपब्लिक शाखा र रिपब्लिक मिडिया लिमिटेडका पदाधिकारीबीच विद्यमान समस्या समाधान गर्न र आगामी दिनमा पत्रकारिताको विकासमा योगदान गर्नेगरी सहमति भएको महासङ्घका महासचिव रामप्रसाद दाहालले बताए ।

    उनका अनुसार यसअघि श्रमजीवि पत्रकार ऐन लागू गर्नुपर्ने भनी महासङ्घ रिपब्लिक शाखाले राखेको मागका सम्बन्धमा दुई पक्षबीच आज सहमति भएको हो । मिडियाले सामाजिक सुरक्षा कोषमा आबद्ध हुन चालु आर्थिक वर्षको पहिलो चौमासिकभित्र थालनी गर्ने पनि दुई पक्षबीच सहमति भएको छ ।महासङ्घका महासचिव दाहालका अनुसार रिपब्लिक मिडियामा कार्यरत पत्रकारको सञ्चय कोषबापतको रकम मिडिया सामाजिक सुरक्षा कोषमा जानुपूर्व सम्बन्धित व्यक्तिको खातामा जम्मा गरिदिने पनि सहमति भएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend