images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • रास्वपाद्वारा रुपन्देही–३ मा उम्मेदवार बन्न आवेदन...

रास्वपाद्वारा रुपन्देही–३ मा उम्मेदवार बन्न आवेदन दिएकाहरूको सूची सार्वजनिक

रास्वपाद्वारा रुपन्देही–३ मा उम्मेदवार बन्न आवेदन दिएकाहरूको सूची सार्वजनिक

images
images
बिहिवार, श्रावण २२ २०८२
बिहिवार, श्रावण २२ २०८२
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले रुपन्देही ३ मा हुने उपनिर्वाचनको लागि आवेदन दिएका इच्छुक व्यक्तिहरूको नामावली  सार्वजनिक गरेको छ ।बिहीबार पार्टीको आधिकारिक फेसबुक लाइभ मार्फत रास्वपाले सूची सार्वजनिक गरेको हो । उम्मेदवार बन्नका लागि ९ जनाले आवेदन दिएको छ । 

    images
    images

    शुलभ खरेल, पाथवेन्द्र उपाध्याय, डा.लेकजंग थापा, ज्ञानु पौडेल, जित बहादुर गुप्ता, कुशम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद अर्याल रहेका छन् । रास्वपाले आवेदनको लागि साउन ७ गते बिहान १० बजेदेखि २१ गते बेलुका ५ बजेसम्मको समयसीमा तोकेको थियो ।

    उम्मेदवारी दर्ता शुक्रबार बिहान १० बजेदेखि शनिबार ५ बजेसम्म उम्मेदवारीविरुद्ध दाबी विरोध गर्न सक्ने पार्टीका रुपन्देही निर्वाचन इन्चार्ज विपिन आचार्यले जानकारी दिए । यी उम्मेदवारप्रति केही गुनासा वा उजुरी भए केन्द्रीय निर्वाचन आयोग समक्ष दर्ता गर्न सकिने आचार्यले बताए । उनका अनुसार साउन २५ गते उम्मेदवारहरूसँग छलफल गरिने, २६ गते प्रारम्भिक उम्मेदवारको नामावली प्रकाशित गर्नेछ । साउन २६ देखि भदौ ११ गतेसम्म पार्टीले अवलम्बन गरेको उम्मेदवार छनोट विधि अनुसार मापन गरिने आचार्यले बताए ।भदौ १२ गते बिहानदेखि साँझ ५ बजे प्रारम्भिक निर्वाचन हुनेछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend