images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • लुम्बिनी विकास कोषका कर्मचारी दुई हप्तादेखि...

लुम्बिनी विकास कोषका कर्मचारी दुई हप्तादेखि आन्दोलनमा

लुम्बिनी विकास कोषका कर्मचारी दुई हप्तादेखि आन्दोलनमा

images
images
बुधवार, श्रावण २१ २०८२
बुधवार, श्रावण २१ २०८२
  • बुटवल  । लुम्बिनी विकास कोषका कर्मचारीहरू विभिन्न माग राख्दै दुई हप्तादेखि  आन्दोलनमा उत्रिएपछि कोषको कामकाज  ठप्प  भएको छ ।  साउन  ८ गते कोष कर्मचारी युनियनले ४ बुँदे माग राखेर विरोध कार्यक्रम गरिरहेको छ । कोषका सबै कर्मचारी कामकाज ठप्प पारेर प्रधान कार्यालयको मुख्य गेटमा धर्ना दिइरहेका छन् । उनीहरूले तालाबन्दी समेत गरेका छन् ।कर्मचारीले साउन ५ गते नै ज्ञापनपत्र बुझाएर विरोधको कार्यक्रम सार्वजनिक गरेका थिए। साउन ८ र ९ गते हातमा कालोपट्टि बाँधेर काम गरे । माग पूरा नभएपछि साउन १२ देखि कामकाज ठप्प गरेर कार्यालयमा तालाबन्दी गरेर उनीहरु धर्नामा बसेका हुन् । 

    images
    images

    युनियनका कोषाध्यक्ष प्रकाश गुप्ताले १९ गतेसम्म पनि माग सुनुवाइ नभएपछि थप माग  राखेर शान्तिपूर्ण आन्दोलन जारी राखेको जानकारी दिए । कर्मचारी युनियनले सञ्चित बिदा, कोष भत्ता र महँगी भत्ता पाउनुपर्ने, कर्मचारी विनियमावली– ०७९ संशोधन गरेर उमेर हद लागू नहुने गरी सीमित प्रतियोगितात्मक परीक्षाबाट हाल करारमा रहेका सबै कर्मचारीलाई पदपूर्ति गर्नुपर्ने माग राखेका छन् । यसका साथै दरबन्दी चाँडै स्वीकृत गराई सबै कर्मचारीलाई स्थायी गरिनुपर्ने र विनियमावली ०७९ अनुसार स्थायी कर्मचारीलाई पद बढुवा गर्नुपर्ने माग समेत उनीहरूले राखेका छन्।

    आन्दोलनका कारण विकास कोषको काम पूर्ण रूपमा ठप्प भएको छ । मायादेवी मन्दिर लगायतमा पूजाको कार्यक्रम भने चलिरहेको छ । उनीहरूले पूजाको कार्यक्रममा अवरोध नगर्ने जनाएका छन् ।  लुम्बिनीमा दिनहुँ धर्ना, जुलुस र विरोधका कार्यक्रम भइरहेका बेला कोषका पदाधिकारीहरू भने काठमाडौँ पुगेका छन् । वैशाख २९ गते बुद्ध जयन्ती मनाएर राजधानी गएका कोषका उपाध्यक्ष ल्हारक्याल लामा काठमाडौँमै छन् ।कोषाध्यक्ष ढुण्डिराज भट्टराई पनि वैशाख ३० गतेदेखि उपचारका लागि राजधानीमै छन्। कोषका सदस्यसचिवले साउन ५ गते राजीनामा दिएका थिए । अन्य उच्च तहका कर्मचारी पनि लुम्बिनीमा छैनन् । 

    images
    images

    काठमाडौँमा रहेका लुम्बिनी विकास कोषका  सूचना अधिकारी डा. हरिध्वज राईले  विकास कोषको कामकाज ठप्प रहेको रातोपाटीलाई बताए । उनले विकास कोषले भन्दा पनि मन्त्रालयले कर्मचारीका माग सम्बोधन गर्नसक्ने  बताए । उनले मन्त्रालयबाट सहसचिवको नेतृत्वमा कर्मचारीका मागका विषयमा छलफल गर्न जाने तयारी भइरहेको समेत खुलाए । 

    eeeeeeeee

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend