images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • साउन २६ देखि माबिलुङ्ग इनर्जीको आईपीओमा...

साउन २६ देखि माबिलुङ्ग इनर्जीको आईपीओमा आवेदन दिन सकिने

साउन २६ देखि माबिलुङ्ग इनर्जीको आईपीओमा आवेदन दिन सकिने

images
images
सोमवार, श्रावण १९ २०८२
सोमवार, श्रावण १९ २०८२
  • काठमाडौं । माबिलुङ्ग इनर्जीले साउन २६ गतेदेखी सार्वजनिक सेयर निष्काशन (आईपीओ) आवेदन खुला गर्ने भएको छ । कम्पनिले आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेर बाँकी रहेको सेयर सर्वसाधरणका लागि बिक्री खुला गर्न लागेको हो ।कम्पनीले दोस्रो चरणमा १३ करोड ५४ लाख २३ हजार ५०० रुपैयाँबराबरको १३ लाख ५४ हजार २३५ कित्ता सेयर निष्काशन गर्नेछ ।

    images
    images

    यसमध्ये ३० हजार ९५ कित्ता सेयर कर्मचारीहरुका लागि र ७५ हजार २३६ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १२ लाख ४८ हजार ९०४ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।साउन २६ गतेदेखी खुला हुने उक्त आईपीओमा २९ गतेसम्म आवेदन दिन सकिन्छ । यदि उक्त अवधिमा माग अनुसारको आवेदन पुरा नभएको खण्डमा भदौ ९ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त आईपीओमा प्रतिकित्ता १०० रुपैयाँका दरले न्युनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाइन्छ ।

    कम्पनीले सञ्चालन गरेको ४.९५ मेगावाटको माथिल्लो पिलुवाखोला–३ जलविद्युत आयोजनाको अनुमानित लागत १ अर्ब १३ करोड ६० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २२ करोड ९५ लाख रुपैयाँ रहेको छ ।यो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र ३१ वर्ष बाँकी रहेको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.४३ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १७.०९ वर्ष रहेको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend