images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • राप्ती राजमार्ग पहिरोका कारण अवरुद्ध, यात्रुहरू...

राप्ती राजमार्ग पहिरोका कारण अवरुद्ध, यात्रुहरू सडकमै अलपत्र

राप्ती राजमार्ग पहिरोका कारण अवरुद्ध, यात्रुहरू सडकमै अलपत्र

images
images
सोमवार, श्रावण १९ २०८२
सोमवार, श्रावण १९ २०८२
  • काठमाडौँः सल्यान,अविरल वर्षासँगै खसेको पहिरोका कारण राप्ती राजमार्ग आइतबार साँझदेखि अवरुद्ध भएको छ। सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोला आसपासमा ठूलो पहिरो खसेपछि राजमार्ग साँझ ७ः०० बजेदेखि अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

    images
    images

    सडक अबरुद्ध भएपछि यात्रुवाहक सवारी साधनहरू बाटोमै रोकिएका छन् भने यात्रुहरू रातभर अलपत्र परेका छन्। पहिरोले भे १ ज १५३६ नम्बरको गाडीमा क्षति पुर्‍याएको भए पनि गाडीमा रहेका सबै यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ।

    प्रहरी निरीक्षक रेसम खत्रीका अनुसार दिउँसो पनि करिब चार घण्टा राजमार्ग पहिरोका कारण अवरुद्ध भएको थियो। दिउँसो ४ः०० बजे सडक खुलाइएको भए पनि साँझपख पुनः पानी परेपछि अर्को पहिरो खस्दा सडक फेरि अवरुद्ध भएको हो।

    images
    images

    प्रहरी निरीक्षक रेसमखत्रीले रात परिसकेकाले पहिरो हटाउने कार्य रोकिएको जानकारी दिनुभयो। वैकल्पिक मार्ग पनि नभएकोले यात्रुहरू थप समस्यामा परेका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend