images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • एनएमबि सरल बचत फण्ड–इ को लाभांश...

एनएमबि सरल बचत फण्ड–इ को लाभांश घोषणा

एनएमबि सरल बचत फण्ड–इ को लाभांश घोषणा

images
images
शुक्रवार, श्रावण १६ २०८२
शुक्रवार, श्रावण १६ २०८२
  • काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि सरल बचत फण्ड-इले आर्थिक वर्ष २०८१\८२ को लागि लाभांश  घोषणा गरेको छ।कोषले आफ्ना इकाईधनीहरुलाई कर सहित ४.२७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।एनएमबी क्यापिटलले ‘एनएमबी सरल बचत फन्ड-ई’का इकाइधनीहरुलाई आर्थिक वर्ष २०८१\८२ का लागि हाल कायम इकाइपुँजी ३ अर्ब ३५ करोड ९१ लाख ३२ हजार ८८.४० रुपैयाँको ४.२७ प्रतिशत (करसहित) ले हुन आउने १४ करोड ३४ लाख ३४ हजार ९४०.१७ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। 

    images
    images

    उक्त लाभांश वितरण गर्न साउन १५ गते बुक क्लोज गरिएको छ। यसको अर्थ साउन १४ गतेसम्म कायम इकाइधनीले यो लाभांश पाउने छन्।यस योजनामा इकाइधनीले आफूले प्राप्त गर्ने लाभांशबापतको रकम पुनः लगानी गर्न सक्नेछन्। पुनः लगानी गर्न इच्छुक इकाइधनीलाई नगद लाभांशबराबरको इकाइ (लाभांश समायोजित खुद सम्पत्ति मूल्यका आधारमा) सोझै हितग्राही खातामा पठाइने क्यापिटलले जानकारी दिएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend