images

२०८३ आश्विन २७ गते

images
images
images
  • समाचार
  • चाडपर्व नजिकिँदै गर्दा कालोबजारी, मूल्यवृद्धि र विचौलियाको...

चाडपर्व नजिकिँदै गर्दा कालोबजारी, मूल्यवृद्धि र विचौलियाको चलखेल सुरु

चाडपर्व नजिकिँदै गर्दा कालोबजारी, मूल्यवृद्धि र विचौलियाको चलखेल सुरु

images
images
बिहिवार, भाद्र ६ २०८१
बिहिवार, भाद्र ६ २०८१
  • काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभा सांसद कृष्णप्रसाद पौडेलले चाडपर्व नजिकिएसँगै दैनिक उपभोग्य वस्तुहरुको कृत्रिम अभाव, कालोबजारी, मिसावट, मूल्यवृद्धि, विचौलियाहरुको चलखेल हुन थालेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

    images
    images

    बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले विचौलियाहरुको कारण उपभोक्ताहरुको दैनिक जीवनमा असर पर्नुका साथै आम नागरिकमा निराशा र आक्रोश बढेको बताए ।

    दैनिक उपभोग्य वस्तुका अतिरिक्त चाडपर्व विशेषमा उपभोग गरिने वस्तुहरुको आपूर्ति सहज बनाउन, मूल्य नियन्त्रण गर्न विचौलियाहरुलाई कानूनी दायरामा ल्याउन र बजारमा उपभोक्ताहरुको सहज र सरल पहुँच बिस्तार गर्न आवश्यक रहेको उनको भनाइ छ ।

    images
    images

    ‘चाडपर्व नजिकिएसँगै दैनिक उपभोग्य वस्तुहरुको कृत्रिम अभाव, कालोबजारी, मिसावट, मूल्यवृद्धि, विचौलियाहरुको चलखेल समेतका कारणले उपभोक्ताहरुको दैनिक जीवनमा असर पर्नुका साथै आम नागरिकमा निराशा र आक्रोश बढेको छ,’ उनले भने, ‘ यस्तो अवस्थाको अन्त्यका लागि दैनिक उपभोग्य वस्तुका अतिरिक्त चाडपर्व विशेषमा उपभोग गरिने वस्तुहरुको आपूर्ति सहज बनाउन, मूल्य नियन्त्रण गर्न विचौलियाहरुलाई कानूनी दायरामा ल्याउन र बजारमा उपभोक्ताहरुको सहज र सरल पहुँच बिस्तार गर्न आवश्यक छ ।’

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend