images

२०८३ आश्विन १९ गते

images
images
images

देशमा थप विमानस्थल आवश्यक हो वा होइन स्पष्ट हुनुपर्छ

देशमा थप विमानस्थल आवश्यक हो वा होइन स्पष्ट हुनुपर्छ

images
images
बुधवार, श्रावण १४ २०८२
बुधवार, श्रावण १४ २०८२
  • काठमाडौँः नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले देशमा थप विमानस्थल आवश्यक हो वा होइन भन्नेबारे स्पष्ट हुन जरुरी रहेको बताएका छन्।

    images
    images

    मंगलबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले देशमा थप विमानस्थल आवश्यक हो कि होइन भन्नेबारे स्पष्ट हुनुपर्ने बताएका हुन्।

    समितिमा आज नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ता सदस्यहरुसँग छलफल भएको थियो।

    images
    images

    समितिको बैठकमा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सडक सञ्जाल धेरै ठाउँमा पुगिसकेको र विमानस्थलहरुको सञ्चालन हुन नसकिरहेको बताएको उल्लेख गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय भने कञ्चनपुरमा विमानस्थल बनाउने योजना अनुसार अघि बढ्नुले संशय पैदा भएको बताए। अब सरकारले पर्यटनसँग सम्बन्धित पूर्वाधार बनाउनुपर्ने उनले बताए।

    सांसद बजगाईंले निर्वाचन लक्षित गरेर गृहमन्त्री रमेश लेखकले कञ्चनपुरमा विमानस्थल माग गरिरहेको भन्दै यसबारे स्पष्ट पार्न आग्रह गरे।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend