images

२०८३ आश्विन १९ गते

images
images
images
  • बैंक वित्त
  • गभर्नर पौडेलले वाणिज्य बैंकका प्रमुख सीईओ...

गभर्नर पौडेलले वाणिज्य बैंकका प्रमुख सीईओ र अध्यक्षहरूसँग छलफल गर्ने

गभर्नर पौडेलले वाणिज्य बैंकका प्रमुख सीईओ र अध्यक्षहरूसँग छलफल गर्ने

images
images
बुधवार, श्रावण १४ २०८२
बुधवार, श्रावण १४ २०८२
  • काठमाडौंः नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र सञ्चालक समितिका अध्यक्षहरूसँग छुट्टाछुट्टै छलफल गर्ने भएका छन्। छलफलको मुख्य उद्देश्य हाल प्रस्तावित वाफिया संशोधन विधेयक, चालु आर्थिक वर्ष २०८२।८३ को मौद्रिक नीति, र वित्तीय क्षेत्र विकासको दोस्रो रणनीति सम्बन्धमा सुझाव लिने रहेको छ।

    images
    images

    मंगलबार काठमाडौंस्थित मेरियट होटलमा बैंकका सीईओहरू सँग बैठक आयोजना गरिएको छ भने बुधबार सोल्टी होटलमा सञ्चालक समितिका अध्यक्षहरू सँग छुट्टै छलफल गरिने राष्ट्र बैंकले जनाएको छ। कार्यक्रमको आयोजना राष्ट्र बैंक गभर्नरको कार्यालयबाट गरिएको हो।

    प्रस्तावित वाफिया (बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन) संशोधन विधेयकमा बैंकर र व्यवसायीलाई स्पष्ट रूपमा छुट्याउने, उल्लेख्य स्वामित्वको सीमा २ प्रतिशतबाट घटाएर १ प्रतिशत बनाउने र सो स्वामित्व भएका व्यक्तिले व्यवसायिक ऋण नलिन सक्ने व्यवस्था गरिएको छ।

    images
    images

    हालसम्म गभर्नर पौडेलले प्रतिनिधिसभाको अर्थ समितिमा यस सम्बन्धी स्पष्ट धारणा नदिएको भन्दै थप परामर्शका लागि बैंक क्षेत्रसँग प्रत्यक्ष संवाद सुरु गरिएको बताइएको छ।

    राष्ट्र बैंकले यो व्यवस्थाले बैंक क्षेत्र, लगानीकर्ता, र अर्थतन्त्रमा पार्न सक्ने प्रभाव, कार्यान्वयनको समयसीमा, र व्यावसायिक व्यावहारिकताका बारेमा विस्तृत छलफल गरी मात्र आफ्नो अन्तिम धारणा बनाउने तयारी गरिरहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend