images

२०८३ आश्विन १७ गते

images
images
images

बागमतीका खानेपानी मन्त्री खड्काले दिए राजीनामा

बागमतीका खानेपानी मन्त्री खड्काले दिए राजीनामा

images
images
मंगलवार, श्रावण १३ २०८२
मंगलवार, श्रावण १३ २०८२
  • बागमती प्रदेश सरकारकाे नेतृत्व गरिरहेकाे नेपाली कांग्रेसका अर्का मन्त्रीले पनि राजीनामा दिएका छन् ।खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्री श्यामकुमार खड्काले आज साेमबार साँझ कांग्रेस संसदीय दलकाे कार्यालयमा मुख्यमन्त्री बहादुर सिंह लामा राजीनामा बुझाएका हुन् ।खड्काले राजीनामा दिएसँगै लामाविरूद्धकाे अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् । लामाविरूद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने सांसदकाे संख्या २२ पुगेकाे छ ।यसअघि ९ साउनमा प्रदेशका चार जना मन्त्रीले राजीनामा दिएर अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

    images
    images

    युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले राजीनामा दिएका थिए । उनीहरूले राजीनामा दिए पनि साेही दिन साँझ मुख्यमन्त्री लामाले पदमुक्त भएकाे पत्र प्रदेश प्रमुख दीपकप्रसाद देवकाेटालाई पठाएका थिए ।

    बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामा आफ्नै २१ जना सांसदकाे अविश्वास प्रस्तावकाे सामना गरिरहेका छन् । कांग्रेस संसदीय दलभित्रकाे विवाद समाधानका लागि पार्टी केन्द्रबाट खटिएका केन्द्रीय सदस्य राजन केसीले साेमबार मध्याह्नदेखि नै लामा र सांसद इन्द्रबहादुर बानियाँलाई राखेर छलफल गरिरहेका छन् ।कांग्रेस संसदीय दलकाे १ बजेका लागि बाेलाइएकाे बैठक ४ बजेसम्म बस्न सकेकाे थिएन ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend