काठमाडौः तनहुँ, पृथ्वी राजमार्ग अन्तर्गत डुम्रे–आँबुखैरेनी सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ।
तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा सोमबार साँझ खसेको सुक्खा पहिरोले सडकको बीच भागमा ठूला ढुङ्गा खस्दा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोका कारण सवारीसाधन आवागमन ठप्प भएको छ भने पहिरो पन्छाउने कार्य भइरहेको छ। प्रहरी नायब उपरीक्षक (डीएसपी) अशोक थापाले अहिले डोजर तथा आवश्यक जनशक्ति परिचालन गरी राजमार्ग सञ्चालनमा ल्याउने प्रयास भइरहेको जानकारी दिए।
सडक खुलाउने प्रयास जारी रहेको र यात्रुहरुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।




.gif)





