images

२०८३ आश्विन १९ गते

images
images
images

ताप्लेजुङमा डेढ करोड बढीको चामल बिक्री

ताप्लेजुङमा डेढ करोड बढीको चामल बिक्री

images
images
आइतवार, श्रावण ११ २०८२
आइतवार, श्रावण ११ २०८२
  • ताप्लेजुङ । ताप्लेजुङमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले डेढ करोड रुपियाँ बढीको चामल बिक्री गरेको छ । कम्पनीको ताप्लेजुङ शाखाले एक वर्षको अवधि अर्थात् गएको आर्थिक वर्ष २०८१/८२ मा उक्त मूल्य बराबरको चामल बिक्री गरेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङ शाखाका अनुसार गएको आवमा कुल करोड ५५ लाख ८७ हजार ४५० रुपियाँको चामल बिक्री भएको छ । शाखाले अघिल्लो आव २०८०/८१ को तुलनामा गएको आवमा बढी परिमाणमा चामल बिक्री गरेको शाखाका सहायक एवम् सूचना अधिकारी जलान्धरप्रसाद यादवले जानकारी दिनुभयो। 

    images
    images

    सूचना अधिकारी यादवका अनुसार गएको आवमा कुल एक हजार ३१.७५ क्विन्टल स्टिम जिरा मसिनो र ९०६ क्विन्टल सोना मन्सुली चामल बिक्री भएको छ । जिरा मसिनो ९६ लाख ९८ हजार ४५० रुपियाँ र ५८ लाख ८९ हजार रुपियाँको सोना मन्सुली चामल बिक्री गरेको शाखाले जनाएको छ । अघिल्लो आवमा एक हजार २२.७५ क्विन्टल स्टिम जिरा मसिनो र सोना मन्सुली चामल ६६६.३० क्विन्टल बिक्री भएको थियो ।  

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend