images

२०८३ आश्विन १९ गते

images
images
images

उड्नै लाग्दा जहाजमा आगलागी भएपछि आपतकालीन ढोकाबाट निकालियो १७३ जना यात्रु

उड्नै लाग्दा जहाजमा आगलागी भएपछि आपतकालीन ढोकाबाट निकालियो १७३ जना यात्रु

images
images
आइतवार, श्रावण ११ २०८२
आइतवार, श्रावण ११ २०८२
  • अमेरिकामा बोइङ जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ।कोलोराडो राज्यको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलबाट मायामी उड्न लागेको अमेरिकन एयरलाइन्सको बोइङ ७३७ म्याक्स ८ जहाज ठूलो दुर्घटनाबाट जोगिएको हो। स्थानीय समयअनुसार शनिबार दिउँसो २:४५ बजे डेनभरको धावनमार्गमा तीव्र गतिमा हुइँकिन थालेको केही सेकेन्डमै ठूलो आवाज आएको र धुवाँ देखिएको सिबिएस न्युजले जनाएको छ। त्यसपछि पाइलटहरूले तुरून्तै विमान रोकेका थिए। 

    images
    images

    उड्नै लाग्दा ल्यान्डिङ गियरमा समस्या देखिएपछि विमानका सबै यात्रुलाई आपतकालीन ढोकाबाट बाहिर निकालिएको थियो।जहाजमा १७३ यात्रु र ६ जना चालक दलका सदस्य थिए। उनीहरूलाई आपतकालीन स्लाइडमार्फत यात्रुहरूलाई बाहिर निकालिएको थियो।मार्क त्सुर्किस नाम गरेका एकजना यात्रुले स्लाइडरबाट तल झरेपछि जहाजको पछाडिपट्टीबाट धुवाँ उडेको र आगो समेत लागेको देखिएको बताएका छन्। 

    'हामी उड्नै लागेका थियौं। ५/१० सेकेन्डमा उड्थ्यौं होला। अकास्मात ठूलो आवाज आयो त्यसपछि पाइलटले विमान रोक्नुभयो' मार्कले सिबिएस न्युजसँग भनेका छन्। संघीय उड्डयन एजेन्सीले विमानको ल्याण्डिङ गियरमा समस्या आएको बताएको छ। अमेरिकी एयरलाइन्सले टायरमा मर्मतसम्बन्धी समस्या देखिएको बताएको छ। विमानमा लागेको आगो डेनभर फायर डिपार्टमेन्टले निभाएको हो। खराबी आएको विमान सेवा बाहिर राखिएको छ भने यात्रुहरूलाई अर्कै विमानमा  मायामी पठाइएको थियो।यो घटनाका कारण शनिबार साँझसम्म डेनभर विमानस्थलमा ३०६ वटा उडान ढिलाइ भएका थिए।

    images
    images

    दिउँसो २ बजेदेखि ३ बजेसम्म सबै आउँदै गरेका उडानहरूलाई केहीबेर रोकिने निर्देशन दिइएको थियो। तर अहिले विमानस्थलको नियमित सेवा सुचारु भइसकेको छ।अमेरिकन एयरलाइन्सकै अर्को विमान यसअघि मार्चमा पनि प्राविधिक समस्या आएपछि डेनभरमै आकस्मिक अवतरण गराइएको थियो।यसअघि भारतको हैदरावादस्थित सरदार बल्लबभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलमा पनि दुर्घटना भएको एयर इन्डियाको जहाज पनि बोइङ कम्पनीकै थियो। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend